• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  •  आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

सिरहा । यहाँको लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गरिएको निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सञ्चालन गरेको छ । शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन् ।

नगरपालिकाले उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने वडा नं १७ र २४ मा गत बुधबारदेखि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिला लाभान्वित भएका नगरको स्वास्थ्य शाखाका प्रमुख रीता यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य परीक्षणको क्रममा दुवै वडाका पाँच जनामा ‘पोजेटिभ रिर्पोट’ आएको छ ।

शिविरमा जाँच गराउन आउनुभएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि लहान नगरपालिकाले व्यवस्था गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखाका प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जोखिम काम, पौष्टिक आहारको कमी, समयमा उपचार गराउन नसक्दा क्यान्सरबाट पीडित भई मृत्युसमेत हुनसक्ने अवस्थाबाट बचाउन शिविर प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” यादवका अनुसार परीक्षणका क्रममा ‘पोजेटिभ रिर्पोट’ आएका पाँच जनाको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

महिलामा पाठेघरको मुखमा हुने क्यान्सरलाई सङ्घीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएकाले सोही अनुरुप शिविर सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत तेजकुमारी श्रेष्ठले बताउनुभयो । शिविरमा ‘भिआइए टेष्ट’ विधिबाट एक मिनेटमा परीक्षण नतिजा आउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । उहाँले ‘पोजेटिभ रिर्पोट’ आएका महिलालाई निगरानीमा राखेर थप उपचारको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, दलित समुदायका महिला पाठेघरको समस्याले पीडित रहेका भन्दै उपचार गराउन नसकिरहेको अवस्थामा यो शिविर प्रभावकारी भएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले आगामी दिनमा क्रमशः लहानका २४ वटै वडामा यसकिसिमका शिविर आयोजना गरिने जानकारी दिनुभयो ।

नगरभित्रका दलित, विपन्न बस्तीका गर्भवती तथा सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिनाको २२ गते ‘पोषण योजना’ अन्तर्गत पोषणयुक्त खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिइँदै आइएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।रासस

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.