बुटवल । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय,लुम्बिनी प्रदेशले जनस्वास्थ्य प्रशासक उमादेवी थापालाई जिल्ला स्वास्थ्य कार्यालय,रुपन्देहीको प्रमुखमा सिफारिस गरेको छ । नबांै तह रिक्त रहेको सो पदमा प्रदेश निजामती सेवा ऐन,२०८० को दफा १६ बमोजिम थापालाई पदस्थापन गरीएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुखको रुपमा पदस्थापन भएसँगै थापाले आफ्नो पदीय जिम्मेवारीलाई सरकारी सेवाको क्रममा आफूले देशको विभिन्न भुगोलमा रहेर काम गर्दाका अनुभवलाई सार्वजनिक सेवा प्रवाहमा सत्य,सदाचारिता र सुशासनको पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
थापा जनस्वास्थ्य क्षेत्रकी विज्ञ रहनुभएकोले उहाँको नेतृत्वले स्वास्थ्य कार्यालय रुपन्देहीको संस्थागत र नीतिगत विकासमा अगाडि बढ्ने अपेक्षा गरीएको छ।
