• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क

  •  शनिबार, जेठ १०, २०८२ मा प्रकाशित

झापा । आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताउनुभयो । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।

जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयका कविराज राजेन्द्र पोखरेल बताउनुहुन्छ ।

“पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उहाँ भन्नुहुन्छ–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरु आयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेको पोखरेलले बताउनुभयो ।

चालू आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवा लिइसकेका छन् । वहिरङ्ग विभाग (ओपिडी)मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालित पञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाई घरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्न आवश्यक रहेको नगरप्रमुख थोप्रा बताउनुहुन्छ । सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्याएको उपचार सेवा प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिला आफ्नो र शिशुको लाभका लागि आयुर्वेद पद्धतिमा आधारित दुग्धवर्द्धक औषधिप्रति आकर्षित भइरहेका छन् । बिगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।

सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका बिरामीले आयुर्वेद औषधालय धाएर नियमित स्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउनुहुन्छ ।

यहाँको आयुर्वेदालयले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रूपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।

नगर आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यक पर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपञ्चर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्यावलगायतका नयाँ प्रविधियुक्त सेवा भित्र्याउन आवश्यक रहेको स्थानीयवासी सरोज भट्टराई बताउनुहन्छ । रासस

शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.