• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

खिजीदेम्बामा पाठेघर तथा स्तन क्यान्सर परीक्षण, ६८ मा जटिल समस्या

  •  सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

ओखलढुङ्गा । यहाँको खिजीदेम्बाका ९ स्थानमा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सको स्क्रिनिङ र आङखस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन् । अस्पतालको पहुँचभन्दा टाढाको जिल्लाकै दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाका सबै नौ वटै वडामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौँदेखि रोगसँग जुधिरहेका महिला लाभान्वित भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले वडा नं १ देखि ९ सम्मका ३० वर्ष भन्दामाथिका उमेर समूहका महिलाको निःशुल्क पाठेघर र स्तन क्यान्सरसँगसम्बन्धी परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार शिविरमा वडा नं १ र २ बाट ९७ जना, वडा नं ३ बाट ९४ जना, वडा नं ४ बाट ५० जना र वडा नं ५ बाट १३० जनाले सेवा लिएका छन् । यस्तै वडा नं ६ बाट १२९ जना, वडा नं ८ बाट ८६ जना र वडा नं ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले सेवा लिएका छन् ।

जेठ ५ गतेदेखि जारी शिविर वडा नं ७ मा आज १२ गते जारी छ । परीक्षण गरिएकामध्ये १९ जना पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट) को समस्या देखिएको छ । शिविरमा जटिल समस्या देखिएकालाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर राखिएको उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा पहुँच अभावका कारण पछाडि परेको ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर क्यान्सर जस्तो घातक रोगबाट बचाउन विशेषज्ञ चिकित्सक ल्याएर सञ्चालन गरिएको शिविरबाट सेवा पाउँदा निकै सहज भएको भन्दै स्थानीय महिलाले खुसी व्यक्त गरेका छन् ।

जटिल रोगको स्वास्थ्य परीक्षणकै लागि जिल्ला सदरमुकाम, रामेछापको मन्थली वा राजधानी काठमाडौंँ जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँपालिकाले गाउँ गाउँमै शिविर सञ्चालन गरेपछि सहज भएको खिजीदेम्बा–४ की महिला स्वास्थ्य स्वयंसेविका पवित्रा सुवेदीको भनाइ छ । संवेदनशील अङ्कमा हुने समस्या सामान्य हुँदासम्म लुकाउने र जटिल भएपछि उपचार गराउन नसक्दा दिर्घरोगी भएर बाँच्नुपर्ने दुर्गमका नागरिकको बाध्यता छ । रासस

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.