• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

गण्डकीमा अस्पताल सुदृढीकरण कोष स्थापना गरिने

  •  बुधबार, जेठ १४, २०८२ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष निर्माण गर्ने भएको छ । उक्त कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधिले उक्त व्यवस्था गरेको हो ।

कार्यविधि आएपछि अस्पताल व्यवस्थापन समितिले अस्पतालको आम्दानीलाई आफूखुसी खर्च गर्न नपाउने स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो । अस्पतालको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र कार्यविधिमा टेकेर समितिले खर्च गर्न पाउने उहाँको भनाइ छ ।

मन्त्रालय मातहत रहने अस्पताल सुदृढीकरण कोषको रकम प्रदेश अस्पताल र स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गरिने भएको हो । अस्पतालको आर्थिक अवस्था सुधारका साथै सुशासन कायम गर्न उक्त आर्थिक कार्यविधिलाई कडाइका साथ लागू गरिने मन्त्री पाठकले बताउनुभयो ।

मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि कार्यविधिमा थप छलफल हुने बताउनुभयो । “केही सुधार र संशोधन पनि गर्नुपर्ने हुनसक्छ”, उहाँले भन्नुभयो । मन्त्रालयका अनुसार अहिले गण्डकी प्रदेश मातहतका अस्पतालको वार्षिक आम्दानी झण्डै रु ६७ करोड रहेको छ ।

प्रदेशका १३ वटा अस्पताल स्तरोन्नति भएसँगै अस्पतालको आम्दानी थप बढ्ने जनाइएको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले नौ अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको थियो । उक्त बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरिसकेको छ । त्यसअघि प्रदेश सरकारले दुई आयुर्वेद अस्पतालसहित चार अस्पताल स्तरोन्नति गरेको थियो । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)समेत स्वीकृत भइसकेको छ ।

“गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि छाटो अवधिमै कानुनी र संरचनागत व्यवस्था गरिएको छ”, मन्त्री पाठकले भन्नुभयो, “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि यसबाट महत्वपूर्ण योगदान पुग्नेछ ।” स्तरोन्नतिपछि ती अस्पतालहरुको विकासलाई आगामी आवको बजेटमा प्राथमिकता दिइने मन्त्री पाठकको भनाइ छ । उहाँका अनुसार यसअघि स्वीकृत शय्या सङ्ख्या जम्मा २२० रहेकामा अब स्वीकृत शय्या ६५० पुगेको छ । दरबन्दी ३२५ कायम रहेकामा स्वीकृत दरबन्दी सङ्ख्या ८२७ पुगेको छ ।रासस

बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.