काठमाडौं । समुदायका लागि चिकित्सक संस्थाको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । काठमाडौंको चावहिलस्थित गौरीघाटमा कार्यालय स्थापनागरी संस्थाको सुरुवात गरिएको हो ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा जनप्रतिनिधि कल्पना सुन्दास रहनुभएको थियो । त्यस्तैगरी सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल,गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको संस्थाका अध्यक्ष डिल्ली हरिजनले बताउनुभयो ।
कार्यक्रममा संस्थाको नाम,लोगो,पदाधिकारीहरूको विवरण साथै ठेगाना सार्वजनिक गर्दै यसको उद्देश्य र भावी कार्ययोजनाबारे जानकारी दिइएको थियो ।
संस्थाको उदेश्य अनुसार सामाजिक उत्तरदायित्वका आधारमा गैरनाफामूलक स्वास्थ्य सेवा,समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि,निःशुल्क र सुलभ,सरल उपचार सेवा प्रदान गर्नेछ ।
