• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

संस्थागत सुत्केरीको सङ्ख्या बढाउन ‘कोसेली’ प्रदान

  •  मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित

बैतडी । दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ । ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री रहेका छन् ।

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यले ‘उपमेयरको कोसेली’ दिन थालिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा माघसम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई यसअघि नै कोसेली वितरण गरिसकेको थियौँ । माघपछि सुत्केरी भएका आमाहरूलाई अहिले कोसेली वितरण भइरहेको छ ।”

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र शिशुको स्वास्थ्यका विषयमा घरपरिवारका सदस्यलाई जागरुक गराउने, मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’ वितरण गर्ने काम भइरहेको जनाएको छ ।
नगरप्रमुख पुष्करराज जोशीका अनुसार घरमै सुत्केरी हुँदा विभिन्न खालका जटिलता आएर आमा र शिशुको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको सङ्ख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको हो । समुदायमा अझै पनि कतिपय आमाहरूले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको सङ्ख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुत्केरी अवस्थामा अरु बेलाभन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषणसम्बन्धी जागरण फैलाउने उद्देश्य छ ।

नगरपालिकाका उपप्रमुख कौशिला चन्दका अनुसार आमा र शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन कोसेली दिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेकाले कोसेली वितरण गरिरहेका छौँ । यस वर्ष नगरपालिकाभरि चार सय ७५ सुत्केरी आमालाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको छ । ‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ ।

सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । स्वास्थ्य संस्थामै सुत्केरी हुने र सरकारको मापदण्ड अनुसार आठपटक गर्भजाँच गराउने आमालाई सरकारले रु दुई हजार ८०० प्रोत्साहन भत्तासमेत दिँदै आएको छ । यस्तै टिटी खोप, जुकाको औषधि र आइरन चक्की सरकारले गर्भवती तथा सुत्केरीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस

मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.