• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

  •  शनिबार, जेठ २४, २०८२ मा प्रकाशित

देउखुरी (दाङ) । दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी दुखेर अस्पताल पुग्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पहिले केही देखिएन र जोर्नी दुखाइ कम गर्ने औषधि सेवन गर्दा पनि रोग निको भएन । रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखिएपछि उहाँले अहिले नियमित औषधि सेवन गरिरहनुभएको छ ।

बर्दियाका २३ वर्षीया चौधरी समुदायकी किशोरी पेट दुखेर अस्पताल पुग्नुभयो । उहाँको रगत परीक्षण गर्दा सिकलसेल एनिमिया भएको देखियो । थारु समुदायमा लक्षण फरकफरक भए पनि रोग एउटै देखिने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा रबिन गौतमले बताउनुभयो ।

“दाङमा यो रोगका बिरामी थपिँदै गएका छन्”, उहाँले भन्नुभयो, “यो रोग खानपानको कारणले हुँदैन । यो पूर्णतया वङ्शाणुगत हो । यदि बुबा वा आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल हुँदैन । यदि दुवैमा वा कोही एक जनामा रोग भए उनीहरूबाट जन्मने बालबालिकामा पनि देखापर्ने गर्छ ।” सिकलसेलका बिरामी उपचारका लागि आए मात्र रोग पहिचान गरी औषधि दिन सकिने उहाँले बताउनुभयो ।

“वैज्ञानिकले यसलाई एक आपसमा सम्बन्धित गरेका छन् । प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नका लागि मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भइ सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ”, डा गौतमले भन्नुभयो ।

हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न नसक्ने जनाउँदै उहाँले उक्त मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्ने बताउनुभयो । आकार परिवर्तन हुने भएकाले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसङ्ख्या वा समुदायमा मात्र देखिने उहाँले जानकारी दिनुभयो ।

डा गौतमका अनुसार सिकलसेल भएकामा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरूको शरीरबाट रगत कम हुँदै जाने भएकाले त्यस्ता बिरामीलाई नियमित रगत चढाउनुपर्ने उहाँको भनाइ छ । “यो रोगमा धेरै किसिमका लक्षण हुने गर्छन् । कसैलाई हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग बढी दुख्ने गर्छ । कसैलाई जण्डिस देखा पर्ने र पेट दुख्ने समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

दाङका थारु समुदायमा यो रोग फैलिएको छ । हेमोग्लोबिनसम्बन्धी जानकारी दिन र जनचेतना फैलाउन स्वास्थ्यकर्मी तथा सरोकार भएकासँग पैरवी गर्ने काम थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्य समुदायमा विवाह गर्ने युवायुवतीको कुण्डली हेरेजस्तै सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेशमा स्वास्थ्य समस्याको रूपमा रहेको यो रोगका विषयमा समुदायमा चेतना फैलाउने र सेवाको पहुँचभन्दा बाहिर रहेका समुदायमा सचेत बनाउनुपर्ने काम रहेको आवश्यकता औँल्याउनुभयो ।

प्रमुख आचार्यका अनुसार दाङको राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण भइरहेको छ । स्वास्थ्य कार्यालयले सिकलसेल भएका बिरामीका परिवारको निःशुल्क बिमा गरेको उहाँले बताउनुभयो । “परिवारमा एकजना मात्रै बिरामी छ भने पनि परिवार सबैको निःशुल्क बिमा हुन्छ”, उहाँले भन्नुभयो, “थारु समुदायका किशोरकिशोरीमा यी लक्षण देखापर्ने हुँदा लक्षण देखिना साथ यथाशीघ्र रोगको पहिचान गरी उपचार गर्नु आवश्यक हुन्छ ।”

राप्ती प्रादेशक अस्पतालका फिजिसियन डा जीतनारायण यादवले सिकलसेलका लागि सबैले आफ्नोतर्फबाट सचेता फैलाउने काम गर्नुपर्ने बताउनुभयो । जनस्वास्थ्य समस्याका रूपमा रहेको यो रोग वङ्शाणुगत सर्ने भएकाले थारु समुदायका सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समयमा रोगको पहिचान भएमा निदान गर्न सकिने उहाँको भनाइ छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो रोग देखिएको जनाउँदै डा यादवले लुम्बिनीका दाङ, कपिलवस्तु, बाँके र बर्दियामा बिरामीको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले सिकलसेल रोग जनस्वास्थ्य समस्याका रूपमा रहेकाले स्थानीय सरकारले चेतना फैलाउने काम सुरु गरेको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवाभित्र सिकलसेलको उपचारलाई राखी निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको उहाँले जानकारी दिनुभयो । उहाँले सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । रासस

शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.