• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  •  सोमबार, जेठ २६, २०८२ मा प्रकाशित

पाँचथर ।पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।

कोशी प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य भरतराज भण्डारीले प्रत्येक वर्ष सबै घरधुरी सर्वेक्षण भएको निश्चित गर्न स्वास्थ्यकर्मीले विशेष योगदान दिनुपर्ने वताउनुभयो । “बच्चा खोज र खोप लगाउ भन्ने सरकारको नीति हो”, भण्डारीले भन्नुभयो, “यसमा स्थानीय सरकारले नै आर्थिक दायित्व निर्वाह गरेमात्रै कार्यक्रम निरन्तर र प्रभावकारी हुनसक्छ ।”

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले खोपबाट कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा अभियान सफल बनाउन मद्दत गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । स्थानीय तहतर्फ हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद शर्मा घिमिरे पुरस्कृत हुनुभयो ।

स्थानीय तहका स्वास्थ्यकर्मीमा हिलिहाङका तारा योङहाङ, फिदिमका टङ्क धमला, फालेलुङका हरिप्रसाद बाँस्कोटा, तुम्बेवाका सविना कुँवर, मिक्लाजुङका हरिकुमार शेर्मा, याङवरकका इन्द्रकुमार बेघा, फाल्गुनन्दका तीर्थराज नेम्बाङ र कुम्मायकका रोहन घिमिरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्यकर्मीलाई फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आङ्बोले प्रमाणपत्र वितरण गर्नुभयो । रासस

सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.