• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  •  सोमबार, जेठ २६, २०८२ मा प्रकाशित

पाँचथर ।पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।

कोशी प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य भरतराज भण्डारीले प्रत्येक वर्ष सबै घरधुरी सर्वेक्षण भएको निश्चित गर्न स्वास्थ्यकर्मीले विशेष योगदान दिनुपर्ने वताउनुभयो । “बच्चा खोज र खोप लगाउ भन्ने सरकारको नीति हो”, भण्डारीले भन्नुभयो, “यसमा स्थानीय सरकारले नै आर्थिक दायित्व निर्वाह गरेमात्रै कार्यक्रम निरन्तर र प्रभावकारी हुनसक्छ ।”

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले खोपबाट कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा अभियान सफल बनाउन मद्दत गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । स्थानीय तहतर्फ हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद शर्मा घिमिरे पुरस्कृत हुनुभयो ।

स्थानीय तहका स्वास्थ्यकर्मीमा हिलिहाङका तारा योङहाङ, फिदिमका टङ्क धमला, फालेलुङका हरिप्रसाद बाँस्कोटा, तुम्बेवाका सविना कुँवर, मिक्लाजुङका हरिकुमार शेर्मा, याङवरकका इन्द्रकुमार बेघा, फाल्गुनन्दका तीर्थराज नेम्बाङ र कुम्मायकका रोहन घिमिरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्यकर्मीलाई फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आङ्बोले प्रमाणपत्र वितरण गर्नुभयो । रासस

सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.