• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

धौलागिरिमा नर्सिङ, आँपपीपलमा एचए पढाउने तयारी

  •  मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित धौलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपीपल अस्पतालमा एचए विषय पढाउने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरू गर्न लागिएको बताउनुभयो ।

“आगामी साउनदेखि नै एचए र नर्सिङ विषय पढाउने गरी तयारी भइरहेको छ, सोका लागि मन्त्रालयले रु एक करोड बजेटसमेत विनियोजन गरिसकेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको कुनै समस्या नरहेकाले दुवै विषयको पढाइ प्रभावकारी ढङ्गले अगाडि बढ्छ ।” मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पताललाई हालै १०० श्ययामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।

एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपीपल अस्पताल पनि अहिले ५० श्ययामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धौलागिरि अस्पतालमा हुने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । गोरखाको आँपपीपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरू भएमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट पनि यस छलफल भएको उहाँको भनाइ छ । “सिटिइभिटी र मन्त्रालयबीच छलफल तथा गृहकार्य भइरहेको छ, अस्पतालको स्तर निर्धारण र थप अध्ययनपछि ठोस निर्णयमा पुग्छौँ”, सचिव बगालेले भन्नुभयो ।

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सररकाबाट पूर्ण छात्रवृत्तिमा पढाउन सकिने उहाँको भनाइ छ । “पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीले प्रदेश सरकार मातहतकै स्वास्थ्य संस्थामा केही समय सेवा गर्नुपर्ने प्रावधान राख्न सकियो भने जनशक्ति पलायनलाई पनि रोक्न सकिन्छ, विद्यार्थीले रोजगारीको पनि सुनिश्चितता हुन्छ”, सचिव बगालेले भन्नुभयो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको अवस्थामा यी विषयको अध्ययनअध्यापनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ । सचिव बगालेले बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र एचए विषय पढाउने तयारी भइरहेको बताउनुभयो ।

“प्रदेशका अन्य अस्पताल पनि व्यावसायिक तथा प्राविधिक विषय पढाउने विषयमा ‘सिटिइभिटी’ले चासो देखाइरहेको छ, हामीले तत्काललाई बागलुङको धौलागिरि अस्पताल र गोरखाको आँपपीपल अस्पताललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “कानुनी या अन्य कुनै अड्चन आएन भने आगामी आर्थिक वर्षदेखि नै दुवै विषयको पढाइ सुरू हुन्छ, यसमा ‘सिटिइभिटी’को नेतृत्व पनि सकारात्मक छ ।” रासस

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.