• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

धौलागिरिमा नर्सिङ, आँपपीपलमा एचए पढाउने तयारी

  •  मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बागलुङस्थित धौलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपीपल अस्पतालमा एचए विषय पढाउने तयारी गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरू गर्न लागिएको बताउनुभयो ।

“आगामी साउनदेखि नै एचए र नर्सिङ विषय पढाउने गरी तयारी भइरहेको छ, सोका लागि मन्त्रालयले रु एक करोड बजेटसमेत विनियोजन गरिसकेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको कुनै समस्या नरहेकाले दुवै विषयको पढाइ प्रभावकारी ढङ्गले अगाडि बढ्छ ।” मन्त्रालयले धौलागिरि प्रादेशिक अस्पताललाई हालै १०० श्ययामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।

एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपीपल अस्पताल पनि अहिले ५० श्ययामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धौलागिरि अस्पतालमा हुने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । गोरखाको आँपपीपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरू भएमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट पनि यस छलफल भएको उहाँको भनाइ छ । “सिटिइभिटी र मन्त्रालयबीच छलफल तथा गृहकार्य भइरहेको छ, अस्पतालको स्तर निर्धारण र थप अध्ययनपछि ठोस निर्णयमा पुग्छौँ”, सचिव बगालेले भन्नुभयो ।

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सररकाबाट पूर्ण छात्रवृत्तिमा पढाउन सकिने उहाँको भनाइ छ । “पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीले प्रदेश सरकार मातहतकै स्वास्थ्य संस्थामा केही समय सेवा गर्नुपर्ने प्रावधान राख्न सकियो भने जनशक्ति पलायनलाई पनि रोक्न सकिन्छ, विद्यार्थीले रोजगारीको पनि सुनिश्चितता हुन्छ”, सचिव बगालेले भन्नुभयो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको अवस्थामा यी विषयको अध्ययनअध्यापनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ । सचिव बगालेले बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र एचए विषय पढाउने तयारी भइरहेको बताउनुभयो ।

“प्रदेशका अन्य अस्पताल पनि व्यावसायिक तथा प्राविधिक विषय पढाउने विषयमा ‘सिटिइभिटी’ले चासो देखाइरहेको छ, हामीले तत्काललाई बागलुङको धौलागिरि अस्पताल र गोरखाको आँपपीपल अस्पताललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “कानुनी या अन्य कुनै अड्चन आएन भने आगामी आर्थिक वर्षदेखि नै दुवै विषयको पढाइ सुरू हुन्छ, यसमा ‘सिटिइभिटी’को नेतृत्व पनि सकारात्मक छ ।” रासस

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.