• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

प्रजिअको समाजसेवा : दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन

  •  मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित

दार्चुला । प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गर्नुभएको छ ।

उहाँले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अभियान सुरुआत गर्नुभएको छ । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका विरामी समस्यामा पर्दै आएका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैंक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट सङ्कलन गरिएको रु पाँच लाख दुई हजार ८८१ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैंक स्थापना गर्न रकम सङ्कलन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्वःस्फुर्त गरिएको छ । यो अभियानलाई निरन्तरता दिँदै ब्लड बैंक सञ्चालन भएको हेर्न चाहन्छौँ ।”

जिल्ला समन्वय समिति प्रमुख महदेव बडू (कस्यप)ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “अहिलेसम्मकै यो पुण्य काम हो । छिट्टै जिल्लासभा हुँदैछ, प्रस्तावकै रूपमा लगेर यो अभियानलाई आफूले सक्ने सहयोग गर्न तयार छाँै ।”

महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैंक स्थापनार्थ बजेट खोज्छौँ । जिल्ला अस्पतालका लागि यो नभई नहुने थियो, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकामा धन्यवाद दिँदै यो काम पूरा गराउने काम हामी गर्छौँ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालका डा सञ्जीव श्रेष्ठ तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बंैंक जरुरी भएको बताउनुभयो । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि आवश्यक रहेको छ भन्नुभयो । अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउनुहुन्छ । “राम्रो ब्लड बैंक स्थापना गर्न बजेट सुनिश्चितता कहीँबाट भएको छैन । स्रोत भयो भने राम्रै बनाउनुपर्छ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.