• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चीनमा क्यान्सर पहिचानमा अत्याधुनिक प्रणालीको सफल प्रयोग

  •  बिहिबार, असार १२, २०८२ मा प्रकाशित

हाङझौ । चीनका अनुसन्धानकर्ताहरूले नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने एक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्, जसले चिकित्सकहरूलाई समयमै उपचार सुरुवात गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पूर्वी चीनको चच्याङ प्रान्तस्थित चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । यस प्रणालीको परीक्षण ७० हजार भन्दा बढी बिरामीहरूमा गरिएको थियो, जसबाट निकै सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
यो अध्ययन ‘नेचर मेडिसिन’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा मंगलबार प्रकाशित भएको हो । पत्रिकाका समीक्षकले “यो उपकरणले भविष्यमा पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउने सम्भावना बढाउनेछ” भनी उल्लेख गरेका छन् ।

चीनमा प्रत्येक वर्ष करिब दुई लाख ६० हजार मानिस पेटको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । यदि प्रारम्भिक चरणमै पत्ता लागेमा, उपचारपछिको पाँच वर्षको जीवित रहने दर ३० प्रतिशतभन्दा कमबाट ९० प्रतिशतभन्दा बढी पुग्न सक्छ । तर, धेरै बिरामीहरूले भित्री जाँच (एन्डोस्कोपी) गर्न नचाहने र अस्पतालहरूमा परीक्षणको गुणस्तर एकरूप नभएको कारण प्रारम्भिक पहिचान चुनौतीपूर्ण रहँदै आएको चच्याङ क्यान्सर अस्पतालका सचिव चङ स्याङतुङले बताउनुभयो ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक तथा प्रणालीका सहलेखक झाङ लिङका अनुसार, कुनै प्रकारको औषधि वा रंग प्रयोग नगरी गरिने सिटि परीक्षण हाल सामान्यतया शरीरको भित्री अंग परीक्षणका लागि उपयुक्त मानिँदैन । तर, टोलीले पेटको भित्री बनावट, त्यसमा हुने परिवर्तन र प्रारम्भिक क्यान्सरका सूक्ष्म संकेतहरूलाई समेत विश्लेषण गर्न सक्ने विश्वकै सबैभन्दा ठूलो चित्रसङ्ग्रह तयार गरेका छन् ।
झाङका अनुसार, उक्त प्रणालीले ८५.१ प्रतिशत संवेदनशीलता र ९६.८ प्रतिशत विशेषता हासिल गरेको छ, जुन मानव विज्ञहरूको तुलनामा क्रमशः २१.८ प्रतिशत र १४ प्रतिशतले बढी हो। यसले रंगविनाको सिटि परीक्षणमार्फत पेटको प्रारम्भिक क्यान्सर पहिचान गर्न सकिने कुरा पहिलोपटक प्रमाणित गरेको हो ।
चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, प्रणालीले उच्च जोखिम समूहमा रहेका १७.७ प्रतिशत र २४.५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।
अनुसन्धानका प्रमुख लेखक तथा चच्याङ क्यान्सर अस्पतालका पेट रोग विशेषज्ञ हू छानका अनुसार, यो प्रणालीले परीक्षणको क्रममा संयोगवश प्रारम्भिक क्यान्सर पत्ता लगाउने अवसरलाई उपयोग गर्न सक्ने खालको खाँचो पूरा गर्न सक्छ ।
अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य संकेतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो ।
विशेषगरी ४५ वर्षीया एक महिलाको उदाहरण उल्लेखनीय छ, जसलाई ढिलो चरणको क्यान्सर भएको पुष्टि भएको थियो। उक्त बिरामीले छ महिनाअघि अर्कै कारणले सिटि परीक्षण गराएकी थिइन्, जसलाई प्रणालीले पुनःविश्लेषण गर्दा क्यान्सरको स्पष्ट संकेत पहिचान गरेको थियो। “यदि त्यतिबेला यो उपकरण प्रयोगमा आएको भएको भए, बिरामीले समयमै उपचार पाउने थिइन्,” विशेषज्ञ हूले बताउनुभयो ।

चङ स्याङतुङका अनुसार, हाल यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ, र भविष्यमा देशभर तथा विदेशमा समेत विस्तार गर्ने योजना रहेको छ । रासस

बिहिबार, असार १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.