• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चीनमा क्यान्सर पहिचानमा अत्याधुनिक प्रणालीको सफल प्रयोग

  •  बिहिबार, असार १२, २०८२ मा प्रकाशित

हाङझौ । चीनका अनुसन्धानकर्ताहरूले नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने एक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्, जसले चिकित्सकहरूलाई समयमै उपचार सुरुवात गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

पूर्वी चीनको चच्याङ प्रान्तस्थित चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । यस प्रणालीको परीक्षण ७० हजार भन्दा बढी बिरामीहरूमा गरिएको थियो, जसबाट निकै सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
यो अध्ययन ‘नेचर मेडिसिन’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा मंगलबार प्रकाशित भएको हो । पत्रिकाका समीक्षकले “यो उपकरणले भविष्यमा पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउने सम्भावना बढाउनेछ” भनी उल्लेख गरेका छन् ।

चीनमा प्रत्येक वर्ष करिब दुई लाख ६० हजार मानिस पेटको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । यदि प्रारम्भिक चरणमै पत्ता लागेमा, उपचारपछिको पाँच वर्षको जीवित रहने दर ३० प्रतिशतभन्दा कमबाट ९० प्रतिशतभन्दा बढी पुग्न सक्छ । तर, धेरै बिरामीहरूले भित्री जाँच (एन्डोस्कोपी) गर्न नचाहने र अस्पतालहरूमा परीक्षणको गुणस्तर एकरूप नभएको कारण प्रारम्भिक पहिचान चुनौतीपूर्ण रहँदै आएको चच्याङ क्यान्सर अस्पतालका सचिव चङ स्याङतुङले बताउनुभयो ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक तथा प्रणालीका सहलेखक झाङ लिङका अनुसार, कुनै प्रकारको औषधि वा रंग प्रयोग नगरी गरिने सिटि परीक्षण हाल सामान्यतया शरीरको भित्री अंग परीक्षणका लागि उपयुक्त मानिँदैन । तर, टोलीले पेटको भित्री बनावट, त्यसमा हुने परिवर्तन र प्रारम्भिक क्यान्सरका सूक्ष्म संकेतहरूलाई समेत विश्लेषण गर्न सक्ने विश्वकै सबैभन्दा ठूलो चित्रसङ्ग्रह तयार गरेका छन् ।
झाङका अनुसार, उक्त प्रणालीले ८५.१ प्रतिशत संवेदनशीलता र ९६.८ प्रतिशत विशेषता हासिल गरेको छ, जुन मानव विज्ञहरूको तुलनामा क्रमशः २१.८ प्रतिशत र १४ प्रतिशतले बढी हो। यसले रंगविनाको सिटि परीक्षणमार्फत पेटको प्रारम्भिक क्यान्सर पहिचान गर्न सकिने कुरा पहिलोपटक प्रमाणित गरेको हो ।
चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, प्रणालीले उच्च जोखिम समूहमा रहेका १७.७ प्रतिशत र २४.५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।
अनुसन्धानका प्रमुख लेखक तथा चच्याङ क्यान्सर अस्पतालका पेट रोग विशेषज्ञ हू छानका अनुसार, यो प्रणालीले परीक्षणको क्रममा संयोगवश प्रारम्भिक क्यान्सर पत्ता लगाउने अवसरलाई उपयोग गर्न सक्ने खालको खाँचो पूरा गर्न सक्छ ।
अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य संकेतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो ।
विशेषगरी ४५ वर्षीया एक महिलाको उदाहरण उल्लेखनीय छ, जसलाई ढिलो चरणको क्यान्सर भएको पुष्टि भएको थियो। उक्त बिरामीले छ महिनाअघि अर्कै कारणले सिटि परीक्षण गराएकी थिइन्, जसलाई प्रणालीले पुनःविश्लेषण गर्दा क्यान्सरको स्पष्ट संकेत पहिचान गरेको थियो। “यदि त्यतिबेला यो उपकरण प्रयोगमा आएको भएको भए, बिरामीले समयमै उपचार पाउने थिइन्,” विशेषज्ञ हूले बताउनुभयो ।

चङ स्याङतुङका अनुसार, हाल यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ, र भविष्यमा देशभर तथा विदेशमा समेत विस्तार गर्ने योजना रहेको छ । रासस

बिहिबार, असार १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.