• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दुई जिल्लामा नर्सिङ र एचएको पढाइ हुने

  •  सोमबार, असार १६, २०८२ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेश सरकारले आगाामी आवदेखि बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) विषयको पढाइ सुरु गर्ने भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरु गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।

“एसइईको नतिजा आइसकेको छ,साउनदेखि नै पढाइ सञ्चालन गर्नेगरी तयारी अगाडि बढाइएको छ”,उहाँले भन्नुभयो,“यसका लागि स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजित गरिसकेको छ,मन्त्रिपरिषद्बाट निर्णय भएकाले अब यो कार्यान्वयनमा जान्छ।” यसका लागि स्वास्थ्य मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले दुवै विषयको पढाइ सुरु गर्न कुनै समस्या नरहेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।

मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई हालै १०० शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको हो। स्वास्थ्य सहायक पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताललाई पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ। स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यवहारिक अभ्यास धवलागिरि अस्पतालमा हुने जनाइएको छ। गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेकाले सोको तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकार मातहत ल्याइएको थियो। यी अस्पतालमा स्टाफ नर्स र स्वास्थ्य सहायक विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धी हुने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो। प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा ‘सिटिइभिटी’को उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट यसअघि पनि छलफल हुँदै आएको थियो।

न्यून आय भएका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिन सकिने जनाइएको छ। पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययनअध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जिल्लास्तरमा नर्सिङ,स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामिण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत सहरमा जानुपर्ने बाध्यता छ। बागलुङ र गोरखामा ‘सिटिइभिटी’का भवनलगायत संरचना भएका कारण पहिलो चरणमा ती दुई अस्पतालमा स्टार्फ नर्स र स्वास्थ्य सहायक विषय पढाउने तयारी गरिएको हो।रासस

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.