• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २७ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २९ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३२ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३६ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

उपचारका लागि अब नाडी छाम्न पर्दैन

  •  आइतबार, असार २२, २०८२ मा प्रकाशित

गलकोट (बागलुङ) । मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था थपिए । साविकको चार गाविस मिलेर बनेको निसीखोला गाउँपालिकामा २०७२ सालअघि जम्मा चारवटा स्वास्थ्यचौकी थिए ।

तत्कालीन गाविसअन्तर्गतका देविस्थान, बोहोरागाउँ, निसी र राजकुत स्वास्थ्यचौकी रहेका निसीखोलामा १० वर्षमा जनतालाई स्वास्थ्यको पहुँच विस्तार गर्दै सातवटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र थपिएका छन् भने एउटा आधारभूत अस्पताल पनि निर्माणाधीन छ । एक महिनाअघि मात्र निसीखोला–७ स्थित कुँडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिकाले हालै कुडुँलामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा ल्याएको छ । दूरदराजका नागरिकलाई स्वास्थ्यको पहुँच विस्तार गर्न र सातवटै वडामा स्वास्थ्यको पहुँच विस्तार तथा स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ थपिएको निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका कसिन्द्र शाहीले जानकारी दिनुभयो ।

साविकको गाविसमा स्वास्थ्यचौकी रहे पनि अन्य सबै वडामा स्वास्थ्य संस्थाका लागि आधारभूत स्वास्थ्य केन्द्र थपिएको र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको निसेलढोरजस्ता ठाउँमा चारवटा स्वास्थ्य एकाइ स्थापना गरिएको हो । बोहोरागाउँ स्वास्थ्यचौकीको प्रमुख भएर लामो समय काम गरिसक्नुभएका शाहीले स्वास्थ्यकर्मीले उपकरण, प्रयोगशाला अभावमा धामी झाँक्रीले जस्तो नाडी छाम्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले प्रयोगशाला अभावमा रोग पत्ता लगाउन समस्या भए पनि अहिले गाउँपालिकाभित्रै तीनवटा प्रयोगशाला स्थापना भइसकेका छन् ।

“निसीखोलामा स्वास्थ्य क्षेत्रले फड्को मारेको छ, उपकरण, औषधि तथा स्वास्थ्य संस्थाको अभावमा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ, गाउँपालिका स्थापनापश्चात पालिकाले ठूलो लगानी स्वास्थ्य क्षेत्रमै गरेको छ”, शाहीले भन्नुभयो, “प्रयोगशाला अभावमा हातको नाडी छामेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, सामान्य रोग पालिकाभित्रका तीनवटै प्रयोगशालामा पत्ता लगाउन सकिन्छ ।”

निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरका अनुसार गाउँपालिकामा अहिले ११ स्वास्थ्य संस्था, १७ खोप क्लिनिक तथा ११ गाउँघर क्लिनिक छन् । स्वास्थ्यको पहुँच विस्तारमा गाउँपालिकामा २५ स्वास्थ्य क्षेत्रका कर्मचारी करारमा राखेर काम गरिरहेका छन् । गाउँपालिकाभित्र बोहोरागाउँ स्वास्थ्यचौकी, निसीखोला स्वास्थ्यचौकी र राजकुत स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनापछि परीक्षणकै लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यस्तै विकट गाउँ निसीखोलाका अन्य चार स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । सबैभन्दा विकट गाउँ निसेलढोरका लेवाङ, अर्नाकोट र कुडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सामान्य उपाचारका लागि पालिकाभन्दा बाहिर जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो ।

एउटै परिवारद्वारा १६ लाखको अक्षयकोष स्थापना

आफ्ना दिवङ्गत परिवारको सम्झनामा छुट्टाछुट्टै उद्देश्य राखेर रु १६ लाखको कोष स्थापना गरिएको छ भने रु पाँच लाख सहयोग गरिएको छ । हरिलक्ष्मी स्मृति कोषद्वारा रु १६ लाखको कोष स्थापनासँगै मानव सेवा आश्रमलाई भवन निर्माणका लागि रु पाँच लाख ११ हजार ५११ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङमा २०७३ सालमा स्थापना गरिएको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता कोषलाई पुण्यतिथिको अवसरमा कोष वृद्धि गरी रु सात लाख पुर्याइएको छ । ओम शान्ति ब्रह्माकुमारी इश्वरीय विद्यालय बागलुङ शाखामा रु तीन–तीन लाखको दुर्गालक्ष्मी स्मृति तथा हरिलक्ष्मी नारायण स्मृति अक्षयकोष स्थापना गरिएको छ ।

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग गरिएको कोषका संरक्षक श्रीजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसअघि धवलागिरि बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दर विद्यार्थीका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उहाँले कोषले पत्रकार लेखनवृत्ति कोषका लागि रु २५ हजार र पत्रकार महासङ्घको रजतजयन्तीका अवसरमा तीन पत्रकारलाई पुरस्कृत गर्नेगरी रु एक लाखसमेत हस्तान्तरण गरेको बताउनुभयो । रासस

आइतबार, असार २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.