• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बचतकर्तालाई रु १० लाखसम्म उपचार खर्च

  •  सोमबार, असार २३, २०८२ मा प्रकाशित

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ ।

सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् ।

त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन् । रोगको अवस्था हेरी कतिपय सदस्यले रु १० लाखसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ ।

धेरै खर्च हुने जटिल रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनु परेको र शल्यक्रिया गरिने अवस्थामा सहाराले शल्यक्रिया र औषधिको कूल खर्चको ९० प्रतिशतसम्म बेहोर्ने भएकाले सदस्यहरु ‘जीवन बरदान’ कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाका अनुसार एक दशकमा ‘जीवन बरदान’ मार्फत १७ हजार ७३७ जना सदस्यले रु ४१ करोड ९७ लाख बराबरको उपचार सेवा प्राप्त गरिसकेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४०० भन्दा बढी सदस्यले लगभग रु सात करोड बराबरको स्वास्थ्योपचार सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो महिनामा सेवा लिएका कतिपयको बिल भरपाइ सङ्कलन भइरहेको हुँदा यकिन हिसाब आउन बाँकी रहेको बताइएको छ ।

संस्थाले उपचारका लागि राजधानी काठमाडौँका सुविधा सम्पन्न अस्पतालदेखि मोफसलका ५० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको जनाएको छ । बिरामीले आफैँ अस्पताल रोजेर उपचार गराउन पाउने संस्थाले सदस्यलाई सुविधा दिएको छ ।

“जटिल रोगका बिरामी वा शल्यक्रिया गराउनुपरेमा सदस्यले आफैँले चाहेको अस्पतालमा उपचार गराउन सक्नुहुन्छ”, सेवा लिने प्रक्रियाबारे जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “अस्पताललाई जीवन बरदान कार्ड देखाएर सहारा नेपाललाई भर्ना भएको जानकारी गराए पुग्छ । अस्पतालले कुनै धरौटी नलिइकन सबै उपचार गरिदिन्छ ।”

संस्थाले शल्यक्रिया गराउँदा लागेको शुल्कको ९० प्रतिशत र उपचारमा लागेको खर्चको ८० प्रतिशत रकम अस्पताललाई भुक्तानी दिने गरेको छ । अस्पतालमा भर्ना भएको दिनदेखि डिस्चार्ज भएसम्मको अधिकांश खर्च संस्थाले नै बेहोर्ने भएकाले सहकारीका सदस्यले स्वास्थ्योपचारमा ठूलो राहत अनुभूति गर्दै आएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा बसेका बेला शल्यक्रिया गराएका बिरामीलाई संस्थाले नर्स पठाएर घरदैलो ‘होम केयर’ सेवा पु¥याउने गरेको छ । मुटु मिर्गाैला, सुगर, प्रेसर, थाइराइड, दम, छारेरोगलगायत १० वटा दीर्घकालीन रोग लागेका सदस्यलाई औषधि खर्चको ५० प्रतिशतसम्म बेहोर्दै आएको संस्थाले जनाएको छ ।

कनकाई नगरपालिका वडा नं. ३ का चन्द्रप्रसाद रिजालले गत चैतमा टाउकाको शल्यक्रिया गराउँदा सहाराको ‘जीवन बरदान’ कार्यक्रमबाट रु दुई लाख ५० हजार बराबरको उपचार विर्तामोडको बीएन्डसी अस्पतालबाट पाएको बताउनुभयो । संस्थाको जीवन बरदान कार्यक्रमको सदस्य रहनुभएको बिर्तामोड नगरपालिका वडा नं. २ का ढुण्डीराज मिश्रले पनि एक वर्षअघि काठमाडौँको मेडिसिटी अस्प्तालमा ट्यूमरको शल्यक्रिया गराउँदा रु चार लाख प्राप्त गर्नुभएको बताउनुभयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा हाल एक लाख ९१ हजार सात सय २१ जना सदस्य छन् भने रु एक अर्ब ६९ करोड ८६ लाख ५९ हजार चार सय शेयर पुँजी रहेको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ८१ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । रासस

सोमबार, असार २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.