• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन

  •  शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले तीनै तहका सरकारी निकायबाट हुने औषधि खरिदमा सो कम्पनीका उत्पादनलाई प्राथमिकतामा राखी खरिद गर्न, आवश्यक नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयलाई निर्देशित गरेको छ ।

समितिले औषधि लिमिटेडको संस्थागत क्षमता सुदृढीकरणका लागि सक्षम तथा दक्ष जनशक्ति व्यवस्थापन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको औषधि उत्पादनमा जोड दिन आग्रह गरेको छ । बैठकले सङ्घीयताअनुकूल सेवा प्रवाह विस्तार गर्न दीर्घकालीन रणनीतिक योजना बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालय र लिमिटेडलाई निर्देशन दिएको छ ।

बैठकले सरकारबाट निर्धारित आधारभूत अत्यावश्यकीय औषधिमध्ये औषधि लिमिटेडबाट उत्पादन भएका औषधि सरकारीस्तरमा खरिद गर्ने उचित प्रबन्ध गर्न स्वास्थ मन्त्रालयसँग आग्रह गरेको छ ।

समितिले त्रिभुवन विश्वविद्यालयको छात्रावासमा खानेपानी तथा खाद्यवस्तुमा स्वास्थ्य तथा सरसफाइका आधारभूत मापदण्ड कार्यान्वयन गर्दै गुणस्तरीय खानेपानी, खाद्यान्न र लैङ्गिक संवेदनशील भौतिक पूर्वाधारको निर्माण गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएको छ । बैठकले गुनासो सुनुवाइको यथाशीघ्र सुनिश्चितता गर्न, आन्तरिक निरीक्षण संयन्त्रको व्यवस्था गर्न सचेत गराएको छ ।

आजको बैठकमा यही असार १९ गते औषधि लिमिटेड र कीतिपुरस्थित त्रिवि छात्रावासको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदनमाथि छलफल भएको थियो । अनुगमनका क्रममा औषधि उत्पादन कक्षको करिडोरमा पानीको बोतल सफा गरिने र बोतल भर्ने पुराना मेसिन अलपत्र रहेकाले उत्पादन कक्षको भित्री वातावरण सन्तोषजनक नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कीर्तिपुरस्थित त्रिवि छात्रावासको अवस्था र व्यवस्थापन पक्ष अन्यन्त कमजोर रहेको, विद्यार्थीका लागि बसोबास र अध्ययनका लागि उचित वातावरण नरहेको, स्वच्छ पिउने पानी र खानाको मेस दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहितको संसदीय टोलीले औषधि लिमिटेड र छात्रावासको स्थलगत निरीक्षण गरेको थियो ।

बैठकमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा डा अक्कलदेव मिश्रले छात्रावासलाई व्यवस्थित बनाउँदै लैजान विभिन्न सुधार सुरु गरिएको स्पष्ट पार्नुभयो । छलफलमा सांसदहरु रेखा यादव, सूर्यमान तामाङ (दोङ), सीता मिजार, रणेन्द्र बराली, सपना राजभण्डारी, रमा कोइराला, अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रामशङ्कर यादव र मङ्गलप्रसाद गुप्तालगायतले औषधि लिमिटेडको उत्पादन गुणस्तरीय बनाउन र व्यावसायिक क्षमता विस्तार गर्न तथा छात्रावासको भान्छा तथा खाद्यवस्तुको गुणस्तरमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.