• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

जलजलामा प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

  •  शनिबार, साउन ०३, २०८२ मा प्रकाशित

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

यहाँ आर्थिक वर्ष विसं २०८१÷८२ मा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिने गरिएको बताउनुभयो । त्यस क्रममा निःशुल्कतर्फ गर्भवती र सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९, गरिब र असहाय ११०, अपाङ्गता भएका पाँच र आर्थिक अवस्था कमजोर भएका अन्य ४३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

“समस्या परेका र आर्थिक अवस्था कमजोर भएका नागरिक यसबाटै निकै लाभान्वित भएका छन् । समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ । आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँछौँ”, अध्यक्ष आचार्यले भन्नुभयो ।

गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असहाय र अन्य विशेष गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् । अन्य नागरिकले पनि सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेका छन्, जसबाट रु ११ लाख तीन हजार ६२३ राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।

बेनी अस्पताल, धौलागिरि अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स उपयोगी भएको छ । सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच, मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

यहाँ दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । एउटा प्रवासी नाग्लीवाङवासीको सहयोगमा खरिद गरिएको छ भने अर्को भारतीय दूतावासले उपलब्ध गराएको हो । दुवै एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । “मापदण्डअनुसार भाडादर निर्धारण गरिएको छ । लक्षित समुदायलाई सेवाका लागि गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियौँ । यसबाहेक सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न चाहने इच्छुक व्यक्तिले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गर्ने व्यवस्थासमेत गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।

आवश्यकता परेकाहरुले एम्बुलेन्स चालकलाई २४ सै घण्टा पैसा नलाग्ने १८१०५०००१६८ टोलफ्रि नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ । रासस

शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.