• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

दुईवर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चारवर्षमा आधा काम

  •  सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ, भने भित्तामा घाँस उम्रेको पाइएको छ । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीन पटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ ।

भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इञ्जीनीयर सोबिन घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको बताउनुभयो । उहाँले नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उहाँको भनाइ छ ।

पटक–पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो । अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बिचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । रु १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जीनीयर घर्तीको भनाइ छ ।

बागलुङ–१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्नेगरी २०७८ मा सम्झौता भएको थियो ।

बागलुङ नगरपालिकाका इञ्जीनीयर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको बताउनुभयो । बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा श्री महालक्ष्मी÷जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।

काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिनुभयो । “काम गर्दा समयमै भुक्तानी पाइदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ”उहाँले भन्नुभयो ।

छ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँच÷छजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो । सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भ¥याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो । रासस

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.