• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ८ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ८ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ८ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १० घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १० घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

  •  सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपिभी खोप अभियान, विपद् व्यवस्थापन, आपत्कालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताउनुभयो ।

मन्त्री पौडेलले मन्त्रालय मातहतको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार १०० नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बिमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि रु दुई लाखसम्मको सेवा बिमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको छ ।”

मन्त्री पौडेलका अनुसार पूर्वाधार विकासमा स्वास्थ्य मन्त्रालयले हालसम्म ११३ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको र ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् । यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरिएको छ । सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया, हिमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले जनसङ्ख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्यसहित ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’पारित गरिएको बताउनुभयो । “आगामी वर्षसम्ममा सुधार अभियानलाई पूर्णता दिँदै नेपाललाई गुणस्तरीय, सुलभ र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने देश बनाउने प्रतिबद्धता गरेर लागिरहेका छौँ । हामीले थालनी गरेका पहलहरू स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारको आधार बन्नेछन्”, उहाँले भन्नुभयो । रासस

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.