सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गर्नुभएको छ। अस्पतालको सरसफाइ,औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो। हाँले भन्नुभयो,“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। कुनै पनि नागरिकले सेवा लिन आउँदा अपमानित महसुस गर्नु हुँदैन। अस्पतालले नागरिकमैत्री व्यवहार र उच्चस्तरीय सेवा दिनुपर्छ।”
विशेषगरी आइसियू,एनआइसियू,आकस्मिक कक्ष र बहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्ने बताउँदै उहाँले चिकित्सक तथा कर्मचारीलाई संवेदनशील र उत्तरदायी हुन आग्रह गर्नुभयो। मन्त्री सिंहले १५० शय्याको यस अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पु-याउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।रासस
