• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘शिशुको पहिलो खोप नै आमाको दूध हो’

  •  शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

काठमाडौँ । आज अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ। सप्ताह २०२५ को नारा रहेको छ;‘स्तनपानलाई प्राथमिकता दिऔँ,सहयोगी वातावरण निर्माण गरौँ।’

आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण पोषण हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सुझावअनुसार छ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपानमात्र गराउनुपर्दछ। त्यसपछि दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस आहारका साथ स्तनपान गराइरहनु पर्दछ।

स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ। बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ। यसैगरी आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ।

परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान अति आवश्यक रहेको बताउनुभयो। उहाँले स्तनपानको महत्त्व दर्शाउँदै भन्नुभयो,“जन्मिनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। यसैगरी शिशुका लागि पहिलो खोप नै आमाका दूध हो। यसले शिशुको मृत्युदर घटाउनुका साथै शिशुको बौद्धिक विकासमा मद्दत गर्दछ। शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ। कम्तीमा दुई वर्षसम्म स्तनपानसँगै थप आहार खुवाउनुपर्दछ।”

पोषण शाखा प्रमुख थापाले सरकारले स्तनपानलाई संरक्षण,संवर्द्धन र सहयोग गर्नलाई विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) व्यवस्था गरेअनुरूप सात सय ५३ स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई निरीक्षण गर्ने निरीक्षक तोकिएको छ। ऐन कार्यान्वनयनको निरीक्षण गर्ने र सूसुचित गर्ने काम उहाँहरूको हो।” यसैगरी उहाँले प्रसूति बिदा,स्तनपान कक्ष निर्माण गरेर पनि स्तनपानलाई प्रोत्साहन गरिरहेको बताउनुभयो।

बालबालिकालाई छ महिना पूरा भएपछि उमेरअनुसार पूरक खानाका साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने हुन्छ। स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई पनि कम गराउन सहयोग पुग्छ।

सरकारले प्रयास गरिराखेको बताए पनि स्तनपान दर भने घट्दै गएको देखिन्छ। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउन गरेको देखाएको छ। सन् २०१६ को सर्वेक्षणमा यसको दर ६६ प्रतिशत रहेको थियो। सर्वेक्षणका अनुसार छ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन।रासस

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.