काठमाडौं । नेपाल औषधि उत्पादक संघ(एपोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन हुनु भयको छ ।
आज सम्पन्न संस्थाको ३१औँ साधारणसभाले आगामी दुई वर्षका लागि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष विप्लव अधिकारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा प्रभात रुगङ्टा,उपाध्यक्ष पृथ्वी राज भण्डारी(निजु)चयन हुनु भयको छ। संस्थाको महासचिवमा सन्तोष बराल,सचिव गिरीराज पाठक (गणेश),कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ निर्वाचित हुनु भएको हो।
सदस्य पदमा क्रमश;शैलेस वैद्य,पंकज तिवारी,ईश्वर भण्डारी, शरदचन्द्र ओझा,सजल राज रेग्मी र प्रवन दाहाल चयन हुनु भयको छ।
अध्यक्ष पदका प्रत्यासी दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि दुई वर्ष कार्यकालको लागि विप्लव अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो।



