• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

गण्डकीमा चार हजार ‘किशोरी आमा’

  •  शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

ढोरपाटन (बागलुङ) । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन् । यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन् । यस जिल्लामा १५ जना महिला सुत्केरी हुँदा एक जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन्भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो । आव २०८१/८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन् । बीस वर्षमाथिका १६ हजार २१ जना महिला रहेको उहाँको भनाइ छ ।

पछिल्लो दुई वर्षमा बागलुङमा चार हजार छ ४२ जना सुत्केरी भएका छन् । जसमा २० वर्षमुनिका छ सय ६९ जना किशोरी छन् । पर्वतमा कुल एक हजार १५५ जना सुत्केरी भएकामा एक सय ९१ किशोरी छन् । म्याग्दीमा एक हजार ४१८ जना सुत्केरी भएकामा दुई सय ९३ जना २० वर्षमुनिका किशोरी छन् । मुस्ताङमा ९० जना सुत्केरी भएकामा छ जना २० वर्षमुनिका किशोरी छन् ।

त्यसैगरी, स्याङ्जामा एक हजार ८८७ जना सुत्केरी भएकामा दुई सय ४२ जना २० वर्षमुनिका किशोरी छन् । तनहुँमा दुई हजार ५८ जना सुत्केरी हुँदा तीन सय ४३ जना २० वर्षमुनिका किशोरी रहेका छन् । लमजुङमा दुई हजार १६१ जना सुत्केरी भएकामा २० वर्षमुनिका दुई सय ३५ किशोरी छन् । गोरखामा तीन हजार २३ जना सुत्केरी भएकामा चार सय एक जना २० वर्षमुनिका किशोरी छन् । नवलपुरमा दुई हजार ६५८ जना सुत्केरी भएकामा पाँच सय छ जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बालविवाह रोक्नका लागि सरकारले सबै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कानुनले नै बालविवाहलाई बर्जित गरेको हुँदा यस्तो विवाह गराउनेलाई कानुनी दायरामा ल्याउने काम गरेको उहाँको भनाइ छ । प्रदेश सरकारले बालबालिकालाई स्वास्थ्य सचेतना र बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम निरन्तर गरिरहेको मन्त्री पाठक बताउनुहुन्छ । विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

धवलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा विजय ओझाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माउँदा किशोरीहरूको शरीर पूर्ण रूपमा विकास नभएकाले गर्भ धान्न गाह्रो हुने बताउनुभयो । सुत्केरी हुने समयमा शारीरिक बनावट पर्याप्त नहुँदा शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुने उहाँको भनाइ छ । बच्चा जन्माउँदा अत्यधिक रक्तश्राव हुने खतरा बढी हुने डा ओझा बताउनुहुन्छ ।

कम तौलका बच्चा जन्मिने, अपुग तौलले बच्चालाई दीर्घकालीन स्वास्थ्य समस्या पर्ने र किशोरावस्थामै जन्माएको बच्चाको अङ्ग पूर्ण विकास नभएकाले गम्भीर स्वास्थ्य समस्या देखिने उहाँको भनाइ छ । उमेर नपुगी आमा बनेपछि सामाजिक दबाब, लाज, डर आदिका कारण मानसिक स्वास्थ्यमा असर पर्ने डा ओझाले बताउनुभयो । बीसदेखि ३४ वर्षको बीचमा बच्चा जन्माउनका लागि उत्तम उमेर रहेको उहाँको भनाइ छ । सानै उमेर विवाह गरेर बच्चा जन्माउँदा घरेलु हिंसा बढी हुनसक्ने उहाँले सुनाउनुभयो ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ । साथै कसुर गर्ने जोकोही व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ । रासस

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.