• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गाजामा इजरायली गोलीबाट ३७ जनाको मृत्यु

  •  आइतबार, साउन २५, २०८२ मा प्रकाशित

गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताउनुभयो।

गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ। तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन्।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताउनुभयो।

मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप छ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उहाँले जानकारी दिनुभयो ।

बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान युनिस नजिकै भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ र अन्य धेरै घाइते भएका छन् ।

गाजामा मिडियामाथिको प्रतिबन्ध र क्षेत्रका ठूला भागहरूमा पहुँच पुर्‍याउन कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा र इजरायली सेनाले प्रदान गरेका तथ्याङ्क र विवरणहरूको स्वतन्त्र पुष्टि गर्न सक्दैन ।

हजारौँ प्यालेस्टिनी गाजामा खाना वितरण केन्द्रहरू नजिकै दैनिक भेला हुन्छन्, जसमा चारवटा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा व्यवस्थापन गरिन्छ ।

मे महिनाको अन्त्यमा सुरु भएदेखि यसका गतिविधिहरू लगभग दैनिक रूपमा सहायता लिन पर्खिरहेकाहरूमाथि इजरायली सेनाले गोली चलाएको रिपोर्टहरूले ग्रसित भएको छ ।

लगभग दुई वर्षअघि युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धन लगायत आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालको सङ्घारबाट फिर्ता ल्याउन र प्यालेस्टिनी लडाकूहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गर्न युद्धविराममा सहमत हुन बढ्दो दबाबको सामना गरिरहनुभएको छ ।

तर शुक्रबार बिहान, इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्न ठूलो अपरेशनको योजनालाई अनुमोदन गरेको थियो । यसले विश्वभर आक्रोशको लहर निम्त्यायो ।

प्रतिक्रिया र इजरायली सेनाको उच्च नेतृत्वबाट असहमतिका अफवाहहरूको बावजुद नेतान्याहु निर्णयमा अडिग रहनुभएको छ ।

शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले भन्नुभयो, “हामी गाजा कब्जा गर्न जाँदैछौँ होइन –– हामी गाजालाई हमासबाट मुक्त गर्न जाँदैछौँ ।”रासस

आइतबार, साउन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.