• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कांग्रेस शान्ति प्रक्रियाको नायक पार्टी हो: स्वास्थ्यमन्त्री पौडेल

  •  मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित

तनहुँ । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताउनुभएको छ।

कांग्रेस तनहुँले सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसका अवसरमा आज भिमाद नगरपालिका–६ मा आयोजना गरेको स्मृति सभामा उहाँले विगतदेखि नै विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

मन्त्री पौडेलले भन्नुभयो,“कांग्रेसले हिंसालाई स्वीकार गर्दैन। त्यसैले हामीमाथि नै आक्रमण गर्नेसँग मिलेर शान्ति ल्याउने कोसिस गरेका थियौँ,तर आज पनि उही प्रश्न अनुत्तरित छ कल्याण खनालहरू किन मारिएका थिए ?”

लोकतन्त्रका लागि तनहुँबाट धेरै जना सहिद भएको स्मरण गर्दै पौडेलले कांग्रेसमा लागेकै कारण अकालमा ज्यान गुमाउनुपरेको र ज्यान लिनेले पनि त्यसको जवाफ दिन नसकेको चर्चा गर्नुभयो।

कांग्रेसले कल्पना गरेको वास्तविक सदस्य स्व खनाल भएको भन्दै उहाँले पार्टीमा उहाँजस्तै सदस्य हुनुपर्ने बताउनुभयो। पार्टी केन्द्रीय सदस्य पौडेलले भन्नुभयो,“खनाल संस्कार भएको,व्यवहार गर्न जानेको व्यक्ति हुनुहुन्थ्यो। उहाँको त्याग र सङ्घर्षलाई हामी सबैले अवलम्बन गर्नुपर्छ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी,तनहुँ क्षेत्र नं २ का सभापति चूडामणि खनाल,प्रदेश २ (१) का सभापति जितराज राना, सहिद खनालका धर्मपत्नी इन्दिरा खनाललगायतले स्व खनालको योगदानबारे चर्चा गर्नुभएको थियो।

सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भीमाद नगरपालिका–७ प्रहरीचौकी नजिक सहिद खनालको अर्धकदको सालिक निर्माण गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेशचन्द्र सुवेदीले यस ठाउँलाई सहिद उद्यानको रूपमा विकास गरिने जानकारी दिनुभयो । मन्त्री पौडेलद्वारा जिपी कोइराला अस्पतालको निरीक्षण

मन्त्री पौडेलले आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गर्नुभएको छ। त्यस अवसरमा उहाँले अस्पतालका बोर्ड सदस्य,चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारीसँग भेटघाट,छलफल गरी गुनासो सुन्नुभएको थियो।

मन्त्री पौडेलले अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउने प्रक्रिया सुरु गरिसकिएको भन्दै सो योजना सम्पन्न भए नेपाल बाहिरबाट पनि उपचारका लागि आउनेहरू बढ्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँसँगै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलगायत पनि अवलोकनमा उपस्थिति हुनुहुन्थ्यो।

सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्यअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ।

मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.