• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

  •  बुधबार, साउन २८, २०८२ मा प्रकाशित

दमौली (तनहुँ) । जिल्लामा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा एक वर्षमा ५९ हजार ७१ सर्वसाधारणले सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा चिकित्सालयबाट २१ हजार १८३ महिला र ३७ हजार ८८८ पुरुषले आयुर्वेद सेवा लिएका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिनुभयो । गत आव २०८०/८१ मा २० हजार र आव २०७९/८० मा १९ हजार २१७ जनालाई सेवा प्रदान गरिएको थियो ।

कार्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म स्नेहन, श्वेदन, बस्ती कर्म, नस्य, जलनेती र शिरोधारा सेवा प्रदान गर्दै आएको छ । पछिल्ला केही वर्षयता जिल्लामा आयुर्वेद चिकित्साबाट गरिने उपचार पद्धतिमा सर्वसाधारणको विश्वास बढ्दै गएको चापागाइँले उल्लेख गर्नुभयो । उहाँका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी गर्ने उपकरण पनि सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी उपकरण खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड तथा हड्डीसम्बन्धी समस्या भएका बिरामी आउने क्रम बढेको उहाले बताउनुभयो । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आर्युर्वेदमा बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरलगायत रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको कविराज निरीक्षक चापागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको आवश्यकता र रोग अनुसारको दैनिक योग पनि सञ्चालन हुँदै आएको छ । आर्युर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको चापागाइँको भनाइ छ ।

गत एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी)तर्फ १५ हजार ९३२, ज्येष्ठ नागरिक सेवातर्फ चार हजार २२८, योगसेवातर्फ १४ हजार ११९, पूर्वकर्म, पञ्चकर्म सेवातर्फ १६ हजार ३७६, स्तनपायी आमा तथा शिशु सेवातर्फ १८८, क्षारसुत्र सेवातर्फ ३३, प्रयोगशाला सेवातर्फ दुई हजार ३४०, फिजियो थेरापीतर्फ पाँच हजार ६२१ र बाँकीले शिरोधारातर्फको सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

चिकित्सालयले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तह, सरोकार भएका निकायलगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको चापागाइँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक सहलेखापाल र दुई कार्यालय सहयोगी कार्यरत छन् ।

“बिरामीको नाम दर्ताका लागि रु १० शुल्क निर्धारण गरिएको छ । बिरामी परीक्षण, औषधि वितरण, प्राथमिक उपचार सेवा निःशुल्क छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाका लागि रु १५० निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकका लागि रसायन औषधि वितरण, स्तनपायी आमाका लागि दुग्धवर्द्धक औषधि वितरण, योग सेवा निःशुल्क गरिएको छ”, चापागाइँले भन्नुभयो । उहाँका अनुसार क्षारसुत्र सेवाका लागि शल्य चिकित्सा सेवातर्फ रु पाँच हजार निर्धारण गरिएको छ । रासस

बुधबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.