• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अझै आएन एचआइभी सङ्क्रमितको अधिकार संरक्षणको कानुन

  •  शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । सर्वाेच्च अदालतले २०६६ सालमै एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षण हुने गरी कानुन निर्माण गर्न आदेश दिए पनि १५ वर्ष हुँदा पनि उक्त कानुन निर्माण गर्न सकिएको छैन।

सोही आधारमा प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचनाप्रविधि समितिले २०७९ सालमा तत्काल विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको थियो। तर अझै कानुन निर्माणको प्रक्रिया अघि नबढ्दा एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुन नसकेको आज उक्त विषयमा विधेयक ल्याउन दबाब दिने उद्देश्यले यहाँ आयोजित एक कार्यक्रममा सांसद तथा सरोकारवाला प्रतिनिधिहरूले गुनासो गरेका छन्।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालको आयोजनामा आज यहाँ मानवअधिकारमा आधारित स्वास्थ्य सुनिश्चित गर्न एचआइभीसम्बन्धी विधेयक अघि बढाउने विषयमा आयोजित राष्ट्रिय नीति कार्यशालामा प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक विधेयक ल्याउन अनुरोध गर्दा पनि अहिलेसम्म प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,“एचआइभीजस्ता सङ्क्रमणलाई नसर्ने रोगमा रुपान्तरण गर्नका लागि राज्यले लगानी गर्नुपर्छ तर २०६७ सालदेखि अदालतले आदेश दिँदासमेत विधेयक आउन सकेको छैन,अहिले दबाब र आन्दोलनका आधारमा मात्र विधेयक बन्ने अवस्था भएको छ,यो महत्त्वपूर्ण विधेयक भने सम्बिन्धत मन्त्रालयबाट आउन सकेको छैन।”

सभापति थापाले अहिलेसम्म आफ्नो टेबलमा चार मन्त्रालयका २१ वटा विधेयक टेबुल भएको तर यो विधेयक भने आउन नसकेको सुनाउनुभयो। उहाँले मन्त्रीहरू आफ्नो क्षेत्रमा मात्र बजेट हालेर क्षेत्रीय मन्त्री भएका र राष्ट्रिय मन्त्री हुन नसकेको आरोप लगाउँदै देशमा धेरै काम भएको तर जे हुनुपर्ने हो त्यो काम भने नभएको जिकिर गर्नुभयो। शिक्षा मन्त्रालय र सूचना प्रविधि मन्त्रालयले केही विधेयक ल्याए पनि स्वास्थ्यबाट खासै आउन नसकेको उहाँले दुखेसो गर्नुभयो4।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले अहिले उक्त विधेयक बनाउने विषयमा छलफल चलिरहेको जानकारी दिँदै अन्य सङ्क्रामक रोगसम्बन्धी कानुनमा जोडेर ल्याउने कि छुट्टै विधेयक ल्याउने भनेर छलफल भइरहेको बताउनुभयो। तर यो कानुन भने आवश्यक भएको उहाँले बताउनुभयो ।

यसका लागि राजनीतिक तह तथा कर्मचारी तहमा पनि नागरिक समाज तथा यस्ता सङ्घसंस्थाबाट घच्घच्याउन जरुरी रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागीहरूले उहाँलाई छिटो विधेयक मस्यौदा बनाएर अघि बढाउन अनुरोध गर्नुभएको थियो।

कार्यशालामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि लोकनाथ बाँस्तोलाले आयोगमा एचआइभीसम्बन्धी कार्य गर्न फोकल व्यक्ति नै तोकेर काम भइरहेको र कानुन निर्माणका लागि विगतमै आयोगले सरकारलाई निर्देश गरिरहेको बताउनुभयो। विभिन्न जिल्लामा अध्ययन गरेर सङ्क्रमितहरूलाई कानुनी रूपमै सम्बोधन गर्न जरुरी छ भनेर सिफारिस गरिएको उहाँले बताउनुभयो।

क्यानडाको एक विश्वविद्यालयकी उपप्राध्यापक रीता ढुङ्गेलले खाद्य सुरक्षालाई ध्यानमा राखेर ऐन तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो। यस्तै एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका पूर्वअध्यक्ष यो विधेयक कानुन बनेर आएमा एचआइभी सङ्क्रमित अधिकार रक्षाका लागि कोसेढुङ्गा सावित हुने र छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कानुन व्यवसायी रुपनारायण श्रेष्ठले एआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुनेगरी नमूनाका रूपमा तयार पारिएको‘एचआइभी/एड्स (नियन्त्रण रोकथाम,उपचार,पुनःस्थापन तथा अधिकार संरक्षण गर्ने)सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयक’ प्रस्तुत गर्नुभएको थियो।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका कार्यक्रम संयोजक डा रङ्गराज ढुङ्गानाले एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षणसम्बन्धी विधेयक समयमै निर्माणका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता र सहमति सुनिश्चित गर्दै अधिकारमा आधारित संरक्षण, एकीकृत सेवा र एचआइभी जोखिमहरूका लागि कानुनी सुरक्षा अवस्था सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.