• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम: सभामुख घिमिरे

  •  शनिबार, साउन ३१, २०८२ मा प्रकाशित

काठमाडौँ । सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताउनुभएको छ स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सूसुचित गर्ने बताउनुभयो।

“तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो,तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनुभएको छ”,उहाँले भन्नुभयो,“अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग,भाइरल गराउने नाममा आउने फेक न्यूजलाई रोक्नु हो। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ।”सभामुख घिमिरेले रोगबारेमा भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनचेतनाको कारणले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताको रोगबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकालाई दबाब दिन सक्ने बताउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा अझै उपचार नपुगेको बताउनुभयो।

राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशील भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दबाब सिर्जना गर्दैअघि बढ्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले पत्रकारितामार्फत निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिनुभयो।

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा.राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गर्दै आएको बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकास क्रमसँगै स्वास्थ्य पत्रकारिता उदाएको उल्लेख गर्दै डिजिटल मिडिया आएका कुरा सबै समाचर नभएको बताउनुभयो।

मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चको १० वर्षे इतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरुले गर्न खोजेका कामका विषयमा चर्चा गर्नुभयो। सोही कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका संस्थापकलाई सम्मान गरिएको थियो।रासस

शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.