• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

  •  मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो ।

अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ ।

लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

अभियानका क्रममा स्थानीयवासी तथा व्यवसायीलाई डेङ्गुको असर, सर्ने तरिका तथा बच्ने उपायका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालय खोटाङले आइतबार जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग अभिमुखीकरण तथा अन्तरक्रिया गरेको थियो । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टे फैलन नदिनु उत्तम उपाय भएकाले जिल्लाभर लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरिएको चौलागाईंले बताउनुभयो ।

जिल्लास्थित स्वास्थ्य कार्यालयले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्न पत्राचारसमेत गरिएको जनाइएको छ ।

डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्न सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १४ जना बिरामीमा स्क्रबटाइफसका बिरामी भेटिएका स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।

स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले बताउनुभयो । स्क्रबटाइफस माइट (किरा)को टोकाइबाट सर्ने र उपचारमा ढिला भएको खण्डमा जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल खोटाङमा पछिल्लो समय विभिन्न समस्या लिएर दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारमा आउने बिरामीका लागि अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा समस्या भएको छ । रासस

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.