• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

  •  सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित

सिरहा । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ। करिब छ महिनाअघि अस्पतालले बहिरङ्ग(ओपिडी) सेवा प्रारम्भ गरेको थियो।

अस्पतालका कार्यकारी निर्देशक डा.सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ। काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने‘इको’परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ। त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ।

हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्,भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ। “नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,”अस्पतालका कार्यकारी निर्देशक डा.सञ्जयप्रसाद साहले बताउनुभयो।

अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ,जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो। डा.साहका अनुसार,सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ,जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।

अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको‘आईसियू’(सघन उपचार कक्ष) रb‘सिटी स्क्यान’सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ। ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान,विराटनगर वा काठमाडौँ जानु नपर्ने विश्वास दिलाएको छ।

यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो। सङ्घका कार्यकारी अध्यक्ष डा बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। उहाँकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो।

“यस प्रकारको अस्पतालको अवधारणा डा.बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,” डा.सञ्जयप्रसाद साहले भन्नुभयो,“जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहनुभएको छ।” अस्पतालका निर्देशक डा.साहका अनुसार,आगामी अक्टोबरमा डा.ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ।

अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ। जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उहाँले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै स्थानीयको साथ सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ,स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ। कम शुल्क,गुणस्तरीय सेवा,अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई प्रदेश नं २ कै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ।

“स्वास्थ्यको पहुँच सबैका लागि सुनिश्चित गर्ने दिशामा यो अस्पताल ऐतिहासिक कदम हो,” रोटरी क्लब अफ लहानका अध्यक्ष तथा स्थानीय समाजसेवी अभिषेक रोसनले भन्नुभयो,“ कम शुल्क,गुणस्तरीय सेवा,अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ।”

सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.