• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

  •  मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

पोखरा । फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास,प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ। पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनमा क्रममा सहभागीले फोहरमैला व्यवस्थापन गर्न अन्तरपालिका सहकार्य र समन्वय आवश्यक भएकामा जोड दिएका हुन्।

फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँहरूले यसका लागि सामुदायिक सचेतना र जनसहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो। राप्ती–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पहलमान चौधरीले जोखिम मोलेर फोहर व्यवस्थापनको काम सुरु गरेको बताउनुभयो। फोहर व्यवस्थापन गर्न ठाउँ पाउनै मुश्किल भएको र स्थानीय समुदायको अवरोध खेप्नुपरेको बताउनुभयो। राप्तीले देउखुरीको पुड्यपुरमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ।

‘इको फेमिली नेपाल’को प्राविधिक सहयोगमा दुई वर्षअघिदेखि फोहर व्यवस्थापन र प्रशोधनको काम गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो। फोहर प्रशोधन गर्न जग्गा व्यवस्थापन र संरचना निर्माण गर्ने काम गाउँपालिकाले गरेको तथा उपकरण,जनशक्ति र अन्य प्राविधिक तथा व्यवस्थापकीय काम इको फेमिली प्रालिले गरेको हो। इको फेमिलीका सञ्चालक रूपेशराज कुँवरले उद्योग सञ्चालनका लागि रु तीन करोड लगानी भएको बताउनुभयो । प्लास्टिकजन्य फोहर प्रशोधन गरेर ब्रिक्स, टायल, लम्बरलगायतका वस्तु उत्पादन गर्न थालिएको उहाँको भनाइ छ ।

“कुहिने फोहर कम्पोस्ट मलमा जान्छ, नकुहिनेमा विशेषगरी प्लास्टिकजन्य फोहरबाट सामान उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो । काम नलाग्ने भनेर फालेको वस्तुलाई स्रोतका रूपमा सदुपयोग गरी आयआर्जन र उद्यम सृजना गर्ने उद्देश्यले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको सञ्चालक कुँवरले बताउनुभयो ।

निजी–सार्वजनिक लगानीअनुरूप उक्त केन्द्र सञ्चालनमा रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो । फोहर सङ्कलन र वर्गीकरणको काम गाउँपालिकाले गर्दै आएको छ । इको फेमिली नेपालले कवाडीमा जाने सामानको निकासी कर र व्यवसाय कर गाउँपालिकालाई तिर्दै आएको छ । कम्पनीले फोहर वर्गीकरण र कुहिने फोहर गलाउने उपकरण खरिद गर्ने भएको छ । प्रशोधन उद्योगमा २१ श्रमिक कार्यरत छन् । त्यहाँ उत्पादित ब्रिक्स र टायल बजारमा जान थालेको छ ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले राप्तीले सुरु गरेको फोहर व्यवस्थापनको काम अनुकरणीय रहेको बताउनुभयो । “राप्तीले गरेको राम्रो काम हामीलाई सिकाइ हुन्छ, पोखराले गरेको अभ्यास राप्तीलाई अनुकरणीय हुनसक्छ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनमा नमूनायोग्य काम गरेका स्थानीय तहमा पुगेर सीप र अनुभव हासिल गर्न यो अवलोकन भ्रमणको आयोजना गरिएको हो ।”

पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ । परियोजनामार्फत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ÷अपसाइक्लिङ उद्यम स्थापना गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको हो ।

हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । परियोजनाले फोहर सङ्कलन तथा ढुवानी र वर्गीकरणका लागि सामुदायिक सचेतना अभिवृद्धिको काम पनि गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताउनुभयो । परियोजनाले पोखराका एक सय ३६ टोल संस्थामा जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरेको छ । घरमै फोहर छुट्याउने बानी बसाल्न प्रेरित गर्न घरघरमा फोहर छुट्याउने कीट प्रदान गरिएको छ ।

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.