• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जिल्लाका ७१ ठाउँमा पहिरोको उपचार

  •  बुधबार, भदौ २५, २०८२ मा प्रकाशित

दमौली (तनहुँ) । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ । पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो ।

कार्यालयका प्रमुख दिवाकर पौडेलले पहिरोको जोखिममा रहेका ठाउँहरुको अध्ययन पश्चात् पहिरो नियन्त्रणको काम गरिएको बताउनुभयो । पौडेलका अनुसार ६५ स्थानमा खोला किनार संरक्षण गरिएको छ भने ११ स्थानमा सिचाइँ कुलो संरक्षण गरिएको छ । त्यस्तै १५ वटा पोखरी, तातोपानी कुण्ड र ताल संरक्षणको काम गरिएको पौडेलले बताउनुभयो । सात स्थानमा पानी मुहान संरक्षण गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा ५० हजार पाँच सय बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरेको छ । पौडेलका अनुसार चार हजार गोटा बाँसको कल्म कटिङ बिरुवा उत्पादन, वितरण र रोपण गरिएको छ ।

पौडेलका अनुसार आँबुखैरेनी २, ३ मा खहरे खोला संरक्षण, भानु ९ मा रानीपानी खोला नियन्त्रण, शुक्लागण्डकी ११ मा सल्लाघारी पोखरी निर्माण, व्यास ४ मा बागबजार पहिरो संरक्षण तथा बायो इन्जिनियरिङ, ऋषिङ ६ मा ज्वालाखोला किनार व्यवस्थापन, बन्दीपुर ३ मा मालेबगर खेत संरक्षण, भानु ९ मा खहरेखोला तटबन्धन तथा बस्ती संरक्षण, शुक्लागण्डकी ११ मा बरखोला बिरौटा तटबन्धन, व्यास ६ मा अलैचेखोला ठकुरी बस्ती संरक्षण, शुक्लागण्डकी १२ मा अर्साङ्दी सिचाइँ कुलो संरक्षण, ऋषिङ ४ मा साठीमुरे खेत संरक्षणको काम गरिएको छ ।

यस्तै भानु ९ मा तेलकाती खोला तटबन्ध तथा बस्ती संरक्षण, भानु ९ मा धौराली गाउँ पहिरो नियन्त्रण तथा बस्ती संरक्षण, भानु ११ मा कुन्छाफाँट जितपत्र खेत संरक्षण, भानु ३ मा खित्री खोल्सी गल्छी नियन्त्रण, शुक्लागण्डकी ६ मा कुम्लेखोला बगरस्थित खोला नियन्त्रण, देवघाट ५ स्थित गलेश्वर आश्रम संरक्षण, भानु ७ स्थित महखोला नौबिसे कुलो मर्मत, शुक्लागण्डकी ११ स्थित सल्लाघारी पोखरी निर्माण, भिमाद ९ स्थित पाङ्मा पहिरो नियन्त्रण, भिमाद ३ स्थित भलाई गैह्रा जनहित मार्ग संरक्षण, घिरिङ ३ स्थित खिलाबस्ती संरक्षण, देवघाट ५ स्थित देवघाट कल्पवाल त्रिशुली पहिरो नियन्त्रण र भानु ९ स्थित काली बगैँचा खेलकुद मैदान संरक्षणको काम गरिएको पौडेलले उल्लेख गर्नुभयो । पौडेलका अनुसार यी कार्यक्रमबाट दुई हजार नौ सय ६१ जना लाभान्वित भएका छन् ।

कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुबाट चार हजार चार सय २१ जनाले रोजगारी पाएका छन् । पौडेलका अनुसार गल्छी तथा पहिरो उपचारमा एक हजार सात सय ४६, खोला किनार संरक्षणमा एक हजार पाँच सय ३३, सिचाइँकुलो संरक्षणमा तीन सय ३७, पोखरी निर्माणमा सात सय ५० र आकस्मिक जल उत्पन्न प्रकोपमा ५५ जनाले रोजगारी पाएका छन् ।

कार्यालयले भू उपयोग विकास योजना तर्जुमा, पानी र सेडिमेण्ट व्यवस्थापन, प्राकृतिक प्रकोप रोकथाम, पानीजन्य विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, एकीकृत पानी स्रोत संरक्षण, भूमि उत्पादकत्व संरक्षण, पहिरोहरुको व्यवस्थापन सम्बन्धी योजना तयारी र कार्यान्वयन, विकासका पूर्वाधार संरक्षण लगायतका काम गर्दै आइरहेको छ । रासस

बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.