• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

इजरायली सेनाद्वारा गाजाको बहुतले भवनमा आक्रमण, दर्जनौं नागरिक मारिए

  •  आइतबार, भदौ २९, २०८२ मा प्रकाशित

इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का अनुसार, उक्त भवनमा हमासले आफ्नो कमाण्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने तथा कार्यान्वयन गर्ने गरेको थियो। तथापि, यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन।

हमासले इजरायली पक्षको भनाइलाई पुनः अस्वीकार गर्दै यसलाई नागरिक पूर्वाधारमाथिको आक्रमणलाई ‘झूटा बहाना’ मात्र भनेको छ। प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार, टेल अल-हावा क्षेत्रमा अवस्थित ‘अल-नूर टावर’ नामक आवासीय भवन आक्रमणमा पूर्ण रूपमा ध्वस्त भएको छ। यो भवनमा युद्धका कारण विस्थापित भएका थुप्रै परिवारहरू आश्रय लिइरहेका थिए।

सप्ताह दिनभित्र गाजा सिटीभरि ५०० भन्दा बढी हमासका लक्ष्यहरूमा आक्रमण गरिएको आईडीएफले जनाएको छ। ती लक्ष्यहरूमा स्नाइपरहरूका अड्डा, सुरुङ मार्ग, हतियार भण्डारणस्थल र अन्य सैन्य पूर्वाधारहरू समावेश थिए।

शनिबार, गाजा सिटी र त्यस आसपासका क्षेत्रमा इजरायली हवाई आक्रमण तीव्र भएको वाफाले जनाएको छ। अल-रिमालको अल-थवरा सडकमा एक घरमाथि गरिएको आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने अल-यारमुक क्षेत्र नजिकका बासिन्दाहरूको घरमा ड्रोनबाट आक्रमण गरिएको छ।

यस्तै, वाफाले मध्य गाजामा मानवीय सहायता लिन लाममा उभिएका नागरिकमाथि इजरायली बख्तरबन्द सवारीबाट गोली प्रहार गरिएको जनाएको छ। यसबारेमा भने आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन।

चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।

यो युद्ध २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५० जनालाई बन्धक बनाएको घटनापछि सुरु भएको हो। त्यसयता इजरायली सैन्य कारबाहीमा गाजामा ६४,००० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।रासस

आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.