• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालनमा

  •  शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसँ घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उहाँको बताउनुभयो ।

ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकलाई छिटो जोड्न सकिने डा लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्रमा सेन्टर बनाउँदा घाइते र अन्य बिरामीलाई न्याय हुन्छ । विकसित राष्ट्रमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।” दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको उल्लेख गर्दै उहाँले ट्रमा सेन्टर बनाउँदा उत्तम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उत्तम कार्य हो भनेर हामीले सुरु गरेका हौँ । अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।”

ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थाेपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा लम्सालले भन्नुभयो, “ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।”

ट्रमा हेर्दै आउनुभएका सघन उपचारसम्बन्धी विशेषज्ञ डा वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवा सुरु गरिएको छ । सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्षु, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड छन् । दुर्घटनाका घाइते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआइलगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।

डा गौलेले भन्नुभयो, “जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन् । उनीहरुको गम्भीरता हेरेर पहेँलो, हरियो र रातो भनेर छुट्याइन्छ । आकस्मिकमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ । त्यही भीडमा ट्रमा (दुर्घटनालगायतका घाइते) बिरामी आयो भने अलपत्र पर्न सक्छ ।” ट्रमा सेन्टरमा दुर्घटनाका घाइते मात्रै आउने हुँदा उनीहरुले समयमै राम्रो र गुणस्तरीय उपचार पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आकस्मिक कक्षमा आएदेखि कसरी हेर्ने, कसले हेर्ने, शल्यक्रिया कति समयमा गर्ने भन्ने मापदण्डका आधारमा उपचार हुन्छ । आकस्मिक शल्यक्रिया गर्नु परे तत्काल हुन्छ । २४सै घण्टा चिकित्सक हुन्छन् ।” ट्रमा सेन्टरमा दुर्घटनाका घाइते आउँदै छन् भनेपछि त्यहीअनुसार तयारी हुने बताउँदै डा गौलीले भन्नुभयो, “कतिपय बेवारिसे घाइते अस्पताल पुगेर अलपत्र पर्ने हुन्छ तर ट्रमा सेन्टरमा आएका घाइते अलपत्र पर्दैनन् ।”

दुर्घटनाका घाइतेका आफन्त दुई चार घण्टापछि मात्रै आउन सक्ने बताउँदै उहाँले त्यस्तो घाइतेलाई कसरी उपचार सुरु गर्ने, उपचारमा चाहिने औषधि लगायतका सामग्रीको व्यवस्थापन ट्रमाको टिमले गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “रक्त सञ्चार केन्द्र, आफन्त, प्रहरीलगायत साना साना कुरामा पनि समन्वय हुन्छ ।”

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताउनुभयो । उहाँले चितवनमा विशिष्टीकृत सेवासहितको ट्रमा सेन्टर सञ्चालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । देशको केन्द्र भाग र राजमार्गको सञ्जालमा रहेकाले जिल्लामा दुर्घटनाका धेरै घाइते आउने गर्दछन् । ट्रमा सेन्टर सुरु भएसँगै घाइते लाभान्वित हुने छन् ।

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.