• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

छत चुहिएको जीर्ण भवनमा आयुर्वेद औषधालय

  •  आइतबार, असोज १२, २०८२ मा प्रकाशित

झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानो जीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै कोठामा बसेर छ जना कर्मचारीले दिनभर सयौँ सेवाग्राहीलाई उपचार तथा परामर्श सेवा दिइरहेका हुन्छन् ।

“भवन जीर्ण भइसकेको छ, कुन बेला कस्तो जोखिम निम्तिने हो केही टुङ्गो छैन”, औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेल भन्नुहुन्छ, “दुईतले यो भवन धेरै पुरानो भइसकेको छ । सबैभन्दा जोखिमको विषय भनेको भवनमा जाली कसेर बनाइएको पिलर नै छैन ।”

भवन जोखिमयुक्त भए तापनि औषधालयमा सेवाग्राहीको भने घुइँचो लाग्ने गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा औषधालयबाट तीन हजार ९३२ जना बहिरङ्ग विभाग (ओपिडी)का सहित आठ हजार १३२ जनाले उपचार सेवा लिएको पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा पञ्चकर्म र पूर्वकर्म सेवा लिन एक हजार ८४५ जना, गाउँघर क्लिनिकमा सेवा लिन तीन सय ६९ जना र स्तनपायी आमा सेवा लिन तीन सय २० जना सेवाग्राही आएको तथ्याङ्कले देखाउँछ ।

औषधालयले बहिरङ्ग सेवा, औषधि वितरण, परामर्श सेवा, पञ्चकर्म सेवा, पूर्वकर्म सेवा, ज्येष्ठ नागरिक प्रवर्द्धन सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक जडीबुटी वितरण सेवा, थेराप्युटिक सेवा, प्याथोलोजी सेवा, मर्म थेरापी सेवा र स्वस्थ जीवन परामर्श सेवा दिँदै आएको छ ।

नगरको एकमात्र आयुर्वेद औषधालय भएकाले यसको स्तरोन्नति र सञ्चालनमा स्थानीय तहको भूमिका आवश्यक हुन्छ । औषधालयलाई नगरस्तरीय आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट माग गरिएको र नयाँ भवनका लागि जग्गाको खोजी भइरहेको औषधालय प्रमुख पोखरेल बताउनुहुन्छ ।

“गत वर्ष छत टालटुल मर्मत गरेका छौँ, आधुनिक सुविधासम्पन्न नयाँ भवनको खाँचो छ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय र प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेका छौँ ।” जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको र दुवै तहको सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

नयाँ भवनमा योग तथा ध्यान हल, फिजियोथेरापी, एक्युपञ्चर, एक्सरे, भिडियो एक्स रे, आधुनिक प्रयोगशालालगायतका सुविधा उपलब्ध हुनुपर्ने उहाँको माग छ । अहिलेको भवनमा सेवाग्राहीका लागि छुट्टै शौचालयको समेत सुविधा उपलब्ध छैन । रासस

आइतबार, असोज १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.