• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

लागुऔषध गिरोहसँग ’सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

  •  शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग‘सशस्त्र द्वन्द्व’मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ। उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।

एएफपीले बिहीबार प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ । ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ।

पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ,“राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ।

हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भन्नुभयो, “राष्ट्रपतिले हाम्रो मुलुकलाई हाम्रो किनारमा घातक विष ल्याउन खोज्नेहरूबाट जोगाउन सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्नुभएको छ । उहाँले कार्टेलहरूको सामना गर्ने वाचा पूरा गर्नुभएको छ र अमेरिकी नागरिकहरूको ज्यान सुरक्षित राख्ने दायित्व पूरा गरिरहनुभएको छ।”

यसैबीच ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सेप्टेम्बर १५ मा भएको आक्रमणपछि कंग्रेसलाई सो नोट पठाइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकी सेना कुनै पनि आक्रमणमा संलग्न भएपछि त्यसबारे कंग्रेसलाई सूचित गर्नु कानूनी रूपमा अनिवार्य हुन्छ । अधिकारीले थप स्पष्ट पार्दै भने, “यसले कुनै नयाँ सूचना दिएको होइन, बरु कानूनी दायित्वअनुसार गरिएको कार्य मात्र हो।”

तर, यी घटनाले अमेरिकाको हवाई र नौसैनिक गतिविधिलाई लिएर क्षेत्रीय तनावलाई अझ बढाएको छ । भेनेजुएलाले बिहीबार आफ्नो तटबाट करिब ७५ किलोमिटर दूरीमा पाँच वटा अमेरिकी लडाकू विमान ‘अवैध रूपमा घुसपैठ गरेको’ दाबी गरेको छ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सार्वजनिक अभिव्यक्तिमा ती कथित उडानहरूलाई ‘उक्साहट’ तथा ‘राष्ट्रिय सुरक्षाका लागि प्रत्यक्ष खतरा’ भन्दै कडा शब्दमा निन्दा गर्नुभयो । साथै, सरकारी विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको र क्यारिबियन सागरमा नागरिक उड्डयनलाई समेत खतरामा पारेको आरोप लगाइएको छ।

यसअघि गत महिना, राष्ट्रपति ट्रम्पले अमेरिकी भूभाग पोर्टो रिकोमा १० वटा अत्याधुनिक एफ–३५ लडाकू विमान पठाउनुभएको थियो । यो तैनाथीलाई तीन दशकभन्दा लामो अवधिमा यस क्षेत्रमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनागीका रूपमा लिइएको छ। त्यसैगरी, क्यारिबियन हुँदै अमेरिकामा भइरहेको लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले आठवटा युद्धपोत र एउटा आणविक पनडुब्बी समेत पठाइएको थियो।

गत महिना मात्र भेनेजुएलाका दुईवटा सैन्य विमानले अमेरिकी नौसेनाको जहाजलाई आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले काराकासलाई चेतावनी दिँदै भन्नुभएको थियो, “यदि यस्तै घटना दोहोरिएमा भेनेजुएलाका लडाकू जेटहरूलाई गोली हानेर खसालिनेछ ।”यसैबीच, राष्ट्रपति मदुरोले भने ट्रम्प प्रशासनलाई भेनेजुएलामा शासन परिवर्तन गर्न गोप्य प्रयास गरिरहेको आरोप लगाउँदै अमेरिकी कदमलाई प्रत्यक्ष हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।रासस

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.