• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड

  •  शनिबार, असोज २५, २०८२ मा प्रकाशित

महेन्द्रनगर (धनुषा) । प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ। महात्मागान्धीको जन्मजयन्तीका अवसरमा अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद् भारतद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको हो।

कार्यक्रममा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले महात्मागान्धीको जीवनदर्शन, सत्य, अहिंसा र सिद्धान्तलाई स्मरण गर्दै गान्धीजी केवल भारतका लागि होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाका स्रोतका रूपमा रहेका धारणा राख्नुभयो । उहाँले प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न गान्धीले पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो।

मधेश प्रदेशसभाका सदस्य रामअशिष यादवले गान्धीजीलाई ‘विचारका महामानव’ भन्दै आजका युवाहरूले उहाँको जीवनबाट प्रेरणा लिएर समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद्का अध्यक्ष प्राडा शङ्करकुमार सन्यालले गान्धीजीले आफ्नो जीवनमा प्राकृतिक चिकित्सा पद्दति आत्मसात् गर्नुका साथै यसको प्रचारप्रसार पनि गर्नुभएको बताउनुभयो।

नेपाल–भारत मानव विकास तथा मैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले गान्धीजीका विचारलाई नेपालको समृद्धि र सामाजिक परिवर्तनको मार्गदर्शकका रूपमा अङ्गालिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य, अहिंसा र आत्मनिर्भरताको मार्ग नेपाल–भारत सम्बन्धको गहिराइको आधार बन्दै गएको छ । मानव विकासको मूलमन्त्र भनेको नैतिक मूल्य र प्राकृतिक जीवनशैली हो ।” भुसालले नेपाल–भारतको सम्बन्ध सांस्कृतिक, आध्यात्मिक र जनस्तरमा आधारित गहिरो मित्रताका रूपमा भएको धारणा राख्नुभयो।

पार्वती विद्यापीठका अध्यक्ष प्राडा नरेन्द्रप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक केन्द्रका रूपमा वर्णन गर्दै गान्धीजीका विचार यहाँबाट सम्पूर्ण नेपालभर फैलाउन सकिने बताउनुभयो । भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक एकता रहेको बताउँदै उहाँले यसले चिकित्सा क्षेत्रमा सहकार्य झल्किनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट दुई सय २० जना प्रतिनिधिको सहभागिता थियो । यस अवसरमा सांस्कृतिक प्रस्तुति, गान्धीजीका विचारमा आधारित प्रदर्शनी तथा प्राकृतिक चिकित्सासम्बन्धी व्याख्यान पनि आयोजित गरिएको थियो।

कार्यक्रममा डा आरएस डवास, डा प्रदीप टाकू, मोक्षिता साध्वीलगायतको उपस्थिति थियो । स्थानीय नागरिक, विद्यार्थी, चिकित्सक, समाजसेवी तथा विशिष्ट व्यक्तिको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ।रासस

शनिबार, असोज २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.