सिरहा । लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पहिचान गरिएका ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिएको छ।
यही असोज २२ गते राजदेवी मन्दिर प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो। उक्त शिविरमा ३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परेको थियो। मोतियाबिन्दु भेटिएकामध्ये पहिलो चरणमा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो। अन्य ४६ जनाको आज शल्यक्रिया गरिने वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभयो।
शल्यक्रियापछि डिस्चार्ज भएका बिरामीहरूलाई नगरप्रमुख महेशप्रसाद चौधरीले आज अस्पताल पुगी उनीहरूलाई फलफूल वितरण गर्नुभएको थियो । साथै उहाँले बिरामीहरूलाई नगर बसमार्फत आ–आफ्ना घरसम्म पु¥याउने व्यवस्था मिलाइएको बताउनुभयो।
