• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जग्गा रजिष्ट्रेशन नहुँदा प्रादेशिक अस्पतालको विकास रोकियो

  •  शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित

सिरहा । यहाँको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन् ।

अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताउनुभयो । उहाँका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन । “लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिष्ट्रेशन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

विसं २०३७ मा लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा जग्गा दिएका थिए । दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका जग्गा अस्पतालकै नाममा रजिष्ट्रेशन गर्न तयार भए पनि त्यसका लागि रु एक करोड ३१ लाख ५५ हजार ८९६ लाभकर लाग्ने भएपछि मिनाहाका लागि पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले जानकारी दिनुभयो ।

“यो लाभकर मिनाहा हुन सकेमा जग्गा अस्पतालकै नाममा दर्ता भई थप पूर्वाधार विकासको बाटो खुल्नेछ”, अध्यक्ष मेहताले भन्नुभयो, “हाल कर मिनाहा नभएकै कारण जीर्ण भवन मर्मत, चिकित्सक आवास, नयाँ भवन निर्माण र सिटी स्क्यान सञ्चालनजस्ता योजना अघि बढ्न सकेका छैनन् ।” उहाँका अनुसार अस्पताल विकास समितिले प्रदेश, सङ्घ र स्थानीय सरकारसँग निरन्तर समन्वय गरी रजिष्ट्रेशन प्रक्रिया छिटो टुङ्ग्याउने गृहकार्य अघि बढाइरहेको छ ।

सिरहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीका लागि सेवा दिइरहेको यो अस्पताल क्रमशः तीन जिल्लाको स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ । बिरामीको चाप बढ्दै जाँदा अस्पतालको स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीयवासीहरूले सक्रियता देखाउन थालेका छन् । स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजले अस्पतालको जग्गा रजिष्ट्रेशन तत्काल गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन् ।

यसैबीच, गत मङ्गलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गृह जिल्ला आउँदा अस्पताल प्रशासन र यहाँका जेनजी युवाहरूले संयुक्त रूपमा मन्त्रीलाई अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए । अध्यक्ष मेहताका अनुसार, मन्त्री गुप्ताले यस विषयमा साझा पहल आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।रासस

शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.