• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मनोसामाजिक उपचार केन्द्रलाई प्रभावकारी बनाउन माग

  •  सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा पछिल्लो समय मनोसामाजिक अपाङ्गता एवम् समस्या बढ्न थालेका छन् । अपहेलित हुने डरले मनोसामाजिक समस्यामा परेका व्यक्ति खुल्न सक्ने अवस्था नरहेको भए पनि भित्रभित्रै यो समस्या बृद्धिभइरहेको विज्ञहरु बताउँछन् । समाजलाई सचेत बनाउनको लागि निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाबाट मनोसामाजिक अपाङ्गता भएका १५० जनाले परिचयपत्र पाएका छन् । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिसँगको छलफलमा कोसिस नामक सस्थामा कार्यरत अधिकृत सूर्यप्रसाद भट्टराईले २३ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराइएको बताउनुभयो ।

उहाँका अनुसार अध्ययन छाडेर बसेका तीन जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई छात्रवृत्तिको लागि पहल गरी पुनः अध्ययनमा फर्काइएको छ ।“८० जना व्यक्तिले मनोविमर्श सेवा प्रदान गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा सुधार आएको छ” उहाँले भन्नुभयो,“१५० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरी स्वास्थ्य बिमामा जोडिएका छन् ।”

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई नियमित ममोविमर्श सेवा प्रदान गर्ने कार्य जारी रहेको उहाँको भनाइ छ । परियोजनामार्फत मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारमूलक क्रियाकलापहरुमा जोड्नको लागि विभिन्न निकायसँग पहल तथा जीविकोपार्जनमा सहयोग गरिएको छ ।
समुदायसतरमा मानिसहरु प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य तथा अत्महत्या रोकथामका विषयमा सचेत हुनुपर्ने भन्दै यो समस्याका बारेमा आम नागरिसम्म जनचेतना आवश्यक रहेको बताइएको छ ।

परिवार तथा समाजका केही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको क्षमतामा विश्वास नगर्नु र सरोकारवालाले कार्यक्रम बनाउँदा समग्र अपाङ्गतालाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुले मनोसामाजिक अपाङ्गता भएका व्यक्ति पहुँचमा पुग्न सकेका छैनन् ।

छुट्टै कानुन बनाउन सुझाव

छलफलमा सहभागी भएका सरोकारवालाले मनोसामाजिक समस्यालाई निराकरण गर्नको लागि छुट्टै कानुन प्रदेश सरकारले बनाउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले मानसिक सामाजिक रुपमा स्वस्थ भए मात्रै अरु क्षेत्रको विकास सम्भव हुने जनाउँदै छुट्टै कानुन बनाएर काम गर्न सुझाव दिएका हुन् । सस्थाका उपाध्यक्ष शोभा खनालले मनोसामाजिक अपाङ्गताको क्षेत्रमा अझैपनि खुल्न सक्ने वातावरण नभएको जनाउँदै सरकारले कानुन बनाएर सहज वातावरण बनाउनुपर्ने माग गर्नुभयो । “अरु उपचार पाउनलाई सजिलो छ, उहाँले भन्नुभयो, मनोसामाजिक समस्या भएका व्यक्तिको लागि भने त्यस्तो सुविधा छैन्, कर्णाली प्रदेश अस्पतालमा रहेको मनोसामाजिक उपचार केन्द्रमा पनि सेवाग्राही हिचकिच्याउछन् । किनभने विभेद्मा परिने डर छ, त्यसैले सरकारले छुट्टै कानुन निर्माण गरिदिनुपर्छ,”

सुर्खेतका शान्ति शर्माले पनि आफुहरुको लागि सहज वातावरण बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । अधिकारकर्मी जितलाल ढकालले समग्र अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले विशेष प्राथमिकता राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेशसभा सदस्यहरु पनि मनोसामाजिक अपाङ्गताको लागि छुट्टै कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशसभा सदस्य हिक्मत विष्टले मानसिक रुपमा जब मानिस स्वस्थ हुन्न तबसम्म अन्य विकास गर्न समेत अवरोध हुने बताउँदै यो समस्याको समाधानको लागि पहल गर्ने बताउनुभयो ।
अर्का सदस्य खड्कबहादुर पोख्रेलले पनि समाजमा मनोसामाजिक समस्या विकाराल भएको भन्दै गाउँगाउँसम्म जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद जुक्मित लामाले ऐन कानुन बनाउनको लागि आफुहरुले पैरवी गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार लाग्नुपर्ने प्रतिबद्धता जनाउनुभयो ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले समितिमासमेत विभिन्न सरोकारवालालाई ल्याएर छलफल गरी आवश्यक कानुन बनाउन पहल गर्ने बताउनुभयो । रासस

सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.