• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कञ्चनपुरमा स्वास्थ्य बीमा विस्तारमा सुस्त

  •  बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । सरकारले एक दशकअघि स्वास्थ्य उपचारका क्रममा हुने अनियोजित खर्चको जोखिम घटाई नागरिकलाई वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य सहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

नागरिकलाई सर्व सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य भएपनि स्वास्थ्य बीमा विस्तारको गति सुस्त छ ।

सरकारले ज्येष्ठ नागरिकको लागि सरकारलेनै बीमा प्रिमियम तिरि दिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । साथै संम्पुर्ण संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था समेत गरेको छ । तर स्वास्थ्य बीमा लागु भएको एक दशक बितिसक्दा पनि कञ्चनपुरमा जनसंख्याको १५ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका छन । स्वास्थ्य बीमा बोर्ड कञ्चनपुरका अनुसार पाँच लाख १३ हजार ७ सय ५७ जनसंख्या भएको कञ्चनपुरमा हालसम्म ३३ हजार छ सय ३ परिवारका ७७ हजार एक सय ३५ जनाले मात्रै स्वास्थ्य बीमामा सदस्य भएका छन । स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय कञ्चनपुरका प्रमुख ललित जोशीले हाल जिल्लामा जनसंख्याको १५ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध भएको बताउनुभयो । “जिल्लामा सेवा प्रदायक अस्पताल कम हुँदा बीमाको सदस्य कम भएका हुन ।” जोशीले भन्नुभयो–“यहाँ बिस्तारै नगर अस्पतालहरु बन्दैछन त्यो भयो भने बीमामा आवद्ध हुनेको संख्या बढ्छ ।” उहाँका अनुसार कञ्चनपुरमा हालसम्म चार वटा मात्रै सेवाप्रदायक अस्पताल छन त्यसमा पनि महाकाली प्रादेशीक अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाबाट पूर्ण रुपमा सेवा प्रवाह हुन सकेको छैन ।

यहाँ महाकाली प्रादेशी अस्पताल बाहेक श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र,बेल्डाडी स्वास्थ्य केन्द्र र दोधारा चाँदनी अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । कञ्चनपुरमा ठुलो अस्पताल नहुँदा समेत स्वास्थ्य बीमा बिस्तार हुन नसकेको हो ।

कञ्चनपुर सदरमुकामस्थित महेन्द्रनगरमा महाकाली प्रादेशिक अस्पताल बाहेक अन्य स्थानमा अस्पताल नहुँदा स्वास्थ्य बीमा तर्फ आकर्षण नदेखिएको उहाँको भनाइ छ । “कञ्चनपुरमा हाल एक मात्र महाकाली अस्पतालमा बीमा अन्तर्गत सबै सेवा पाइन्छ, अन्य अस्पताल वा स्वास्थ्य संस्था पूर्ण सेवा दिन सक्ने अवस्थामा छैनन ।” प्रमुख जोशीले भन्नुभयो“हालसम्म १५ प्रतिशत मात्रै बीमाको सदस्य भएका छन ८५ प्रतिशत जनसंख्या बाहिर छ ।”

जनचेतनाको अभाव
स्वास्थ्य बीमा विस्तारमा सुस्त हुनुको प्रमुख कारण मध्ये जनचेतना र विश्वासको अभाव हो । बीमा बोर्डले कञ्चनपुरका ९२ वटै वडामा दर्ता सहयोगि परिचालन गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाहरुले स्वास्थ्य बीमा कार्यक्रम बारे पर्याप्त जानकारी पाएका छैनन । जानकारी हुनेहरूले पनि सेवा प्रभावकारी नपाउने कारणले पुनः नवीकरण नगर्ने गरेका छन । यहाँको बेदकोट नगरपालिकाका हरि दत्त भट्टले स्वास्थ्य बीमाबाट पाउनुपर्ने औषधीहरु नपाउने समस्याका कारण बीमा नविकरण नगरेको बताउँछन । “हामीले बीमा त ग¥यौं, तर अस्पतालमा गएपछि औषधि पाइँदैन ।” उहाँले भन्नुभयो–“बाहिरबाट औषधी किन्नुपर्छ बीमाको अर्थ के रह्यो ?” उहाँले अस्पतालमा स्वास्थ्य बीमाबाट सृवा लिन जाँदा अनेक सास्ती खेप्नु परेको बताउनुभयो ।

बेदकोट नगरपालिका–७ का राजेश्वरी जोशीले दुई वर्ष अघि वडा कार्यालयमा बीमा सम्बन्धी कार्यक्रममा सहभागि हुँदा स्वास्थ्य बीमा बारे थाहा पाएपछि परिवारका पाँच जना सदस्यको बीमा गरेको बताउनुभयो । बीमा गरेको केहि समयपछि महाकाली प्रादेशीक अस्पतालमा उपचारका लागि जादा बीमाबाट आंशिक मात्रै सेवा पाएको उहाँले भनाई छ । “अस्पताल फार्मेसीमा चिकित्सकले लेखेको औषधी समेत पाइएन दुई÷तीन वटा मात्रै औषधी पाइयो अरु बाहिरबाट खरिद गरेर ल्याए ।” उहाँले भन्नुभयो–“बीमाको सेवा लिन लामो लाइन बस्नुपर्ने,औषधी नपाउने लगायतका समस्या छन ।” उहाँले अस्पताल प्रशासनले बीमा बोर्डले औषधीको रकम समयमा भुक्तानी नगर्दा औषधी दिन नसकेको बताउने गरेको बताउनुभयो ।

महाकाली प्रादेशीक अस्पतालका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले जनचेतनाको अभाव र विश्वासको कमीका कारण स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या न्युन रहेको बताउनुभयो । “बीमामा सेवाग्राहीले खोजेको औषधी नपाउने कुरा सत्य हो,बोर्डले अस्पताललाई समयमा भुक्तानी नगर्दा समस्या हुन्छ ।” उहाँले भन्नुभयो–“बीमाको सेवा लिन प्रक्रियागत झन्झटिलो र बढी समय लाग्ने कारणले पनि यसतर्फ आकर्षित भएनन ।” उहाँले बोर्डले जनचेतनाका कार्यक्रमहरु समेत गर्न नसकेको बताउनुभयो । सेवा प्रवाहमा हुने समस्याका कारण बीमा प्रति जनविश्वास घट्दै गएको र सेवा गुणस्तरमा सुधार नआएसम्म सहभागिता दर वृद्धि कठिन रहेको उहाँको भनाई छ ।

अस्पतालमा बीमित र गैरबीमितबीच समान व्यवहार नहुने, औषधि सीमित हुने र उपचार प्रक्रिया जटिल हुने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका कर्मचारी बताउँछन । “नीति राम्रो छ तर कार्यान्वयन तहमा समस्या छ ।” उहाँले भन्नुभयो–“चिकित्सकबाट पनि बीमित र गैरबीमितबीच समान व्यवहार हुन सकेको छैन ।” सरकारले स्वास्थ्य बीमालाई दीर्घकालीन स्वास्थ्य सुरक्षा प्रणालीको रूपमा अघि सारेपनि नीतिगत प्रतिबद्धता व्यवहारमा परिणत हुन सकेको छैन । कञ्चनपुरका स्थानीय तहले स्वास्थ्य बीमा विस्तारलाई आफ्नो नीतिगत प्राथमिकतामा राखे पनि व्यवहारिक प्रगति न्यून छ । रासस

बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.