काठमाडौँ । आज विश्व मधुमेह दिवस नेपालसका विभिन्न मेडिकल शहरसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको प्रभाव ,रोकथामा नियन्त्रण र उपचार पद्धतिबारे चेतना फैलाउनु दिवसको मुख्य उद्देश्य रहेको बिज्ञहरुको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए। मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो। स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन्।
विश्व स्वास्थ्य संगठनले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति,जनचेतना कार्यक्रम संगै जीवनशैलीमैत्री वातावरणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाको हो ।
