• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

“रुसी आक्रमणमा चार जनाको मृत्यु, धेरै घाइते”

  •  शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित

युक्रेनी अधिकारीहरूले जनाए अनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने शहरका विभिन्न भागमा भवन र संरचना नष्ट भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस आक्रमणलाई ‘जनताको र नागरीय संरचनामा अधिकतम क्षति पु¥याउने उद्देश्यले योजनाबद्ध गरिएको’ भन्नुभयो । उहाँले बताएअनुसार, यस आक्रमणमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रयोग गरिएको थियो । यसबाट धेरैजना घाइते भएका छन्, जसमा एक गर्भवती महिला पनि समावेश छ ।

किएभका सैन्य प्रशासन प्रमुख टिमुर टकाचेन्कोले सामाजिक सञ्जालमा लेख्नुभयो,“लगभग सबै जिल्लामा उच्च भवनहरूमा क्षति पुगेको छ । युक्रेनी आपतकालीन सेवा कर्मचारीहरूले आगलागी र ध्वंसबाट दर्जनौं मानिसहरूलाई उद्धार गरेका छन् । प्रहरीका अनुसार, नौ जिल्लाका ३० आवासीय भवन क्षतिग्रस्त भएका छन् ।”

किएभका मेयर भिटाली क्लिच्कोका अनुसार, डेस्न्यान्स्की र पोदिल जिल्लाका केही भागहरू अस्थायी रूपमा हीटिङ सेवा बिना रहेका थिए, तर बिहानसम्म सबै समस्या समाधान गरिएको छ । यातायात पनि आंशिक रूपमा अवरुद्ध भएको थियो, जसका कारण बस र ट्रामहरू ढिला भएका थिए ।
यस आक्रमणको पृष्ठभूमिमा पश्चिमी मित्र राष्ट्रहरूले रुसमाथि दबाब बढाइरहेका छन् । बुधबार क्यानडाले रुसका ड्रोन र ऊर्जा उत्पादनसँग सम्बन्धित नयाँ प्रतिबन्धहरू घोषणा ग¥यो । त्यही दिन, सात विकसित राष्ट्र (जी७) का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आग्रह गर्दै ‘अटल समर्थन’ व्यक्त गर्नुभयो ।

युद्ध सुरु भएको करिब चार वर्ष बितिसकेको छ, तर दुवै पक्षले स्थिति मजबुत बनाएका छन् । मास्कोले युद्धविरामका प्रयास अस्वीकृत गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः शान्ति सम्झौता प्रयास गरेका थिए ।
पूर्वी युक्रेनमा मास्कोका सेना डोनेट्स्क र लुहान्स्क क्षेत्रको नियन्त्रण प्रयास गरिरहेका छन् । विशेषज्ञहरूले रुसको ऊर्जा संरचनामा हालैका हानिले युक्रेनमा हिउँदे महिनामा हीटिङ संकट निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

युक्रेनले पनि रुसको संरचनामा आक्रमण तीव्र पारेको छ र सीमाभन्दा पर पनि हमला गर्ने प्रयास जारी राखेको छ । रुसले युक्रेनी ड्रोन २०० भन्दा बढी मार्न सफल भएको जनाएको छ । यसैबीच, क्रास्नोडार क्राईमा शेस्खारिस तेल प्रशोधन कारखानामा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइएको छ । त्यहाँको एउटा नागरिक जहाज पनि क्षतिग्रस्त भएको थियो र तीन जना कर्मचारी घाइते भएर अस्पताल भर्ना भएका छन्।रासस

शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.