• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

  •  बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो । एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ ।

त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो।रासस

बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.