• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

  •  शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित

चितवन । निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सर्नुभयो । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उहाँले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाउनुभयो भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै हुनुहुन्थ्यो । त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा हुनुहुन्थ्यो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले न निखिताको विदेश पढ्ने रहर पूरा हुन पायो, न त बुबाआमाको यहीँ राखेर पढाउने सपना साकार हुन नै पायो । आन्दोलनको दोस्रो दिन आफू बस्ने घरको छतबाट आन्दोलन नियालिरहेकी निखिताको त्यहीँ नै अन्तिम दिन बन्न पुग्यो । छतमा नै गोली लागेर घाइते हुनुभएकी उहाँको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।

काभ्रेबाट चितवनको कालिका नगरपालिका–८ मा स्थायी ठेगाना भएको गौतम परिवार धेरै वर्षदेखि काठमार्डौँ गएको थियो । त्यसो त चितवन फर्किने तयारीमा यहाँ घर निर्माण पनि भइरहेको छ । निखिताको अप्रत्याशित निधनले काठमाडौँ महानगरपालिका–९ गौशालामा बस्दै आएको उहाँको परिवारको योजना अहिले लथालिङ्ग बनेको छ । राजधानीमा फर्निचरको काम गर्दै आउनुभएका लोकनाथ अब पेसा छाडेर चितवन फर्किने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “छोरीलाई यही उच्च शिक्षा पढाउने हाम्रो सपना अधुरै रह्यो ।”

निखिताले भर्खरै जेभियर कलेजबाट व्यवस्थापनमा कम्प्युटर साइन्समा १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उहाँका दाइ डेनमार्कमा हुनुहुन्छ । स्नातक पढ्न वा स्नातक अध्ययन सकेर दाजुसँगै डेनमार्क जाने सपना उहाँले देख्नुभएको थियो । परिवार उहाँलाई स्नातक यहीँ पढाउन चाहन्थ्यो । छोरी निखिता देशको अवस्था देखेर चिन्तित हुने गरेको लोकनाथले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको देशको अवस्था देखेर छोरीले सधैँ चिन्ता व्यक्त गर्दै विदेश जाने चाहना राख्थिन् ।” बुबा लोकनाथले भन्नुभयो, “छोरीलाई उच्च शिक्षा प्रदान गरेर अन्याय र अत्याचारको बिरुद्धमा बोल्नसक्ने बनाउने मेरो सपना अधुरै रह्यो ।”

बुबा लोकनाथले भन्नुभयो, “नानी र हामी सबैको चाहना कसैमाथि अन्याय र अत्याचार नहोस् र सु–शासन होस् भन्ने हो ।” उहाँले अगाडि थप्नुभयो, “हाम्रो ठूलो सपना केही छैन, देशमा भएको आन्दोलनका उपलब्धिहरु संस्थागत भएर जनताले सुख पाऊन् ।” सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण हुन सकेमा सहिदहरुको सपना पूरा हुने उहाँको भनाइ छ । आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने र गोली चलाउनेलाई छानबिन गरी कारबाही भएमा बल्ल निखिताको आत्मले शान्ति पाउने उहाँको भनाइ छ । देश परिवर्तनका लागि सहिद भएकाहरुको सपना साकार पार्नका लागि सबै शक्ति एक भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

सन्तानको मृत्यु आमाका लागि झनै पीडादायी हुने गर्छ । छोरी निखिताको मृत्युपछि आमा कल्पना गौतमलाई निकै पीडा थपिएको छ । उहाँले भन्नुभयो, “एउटा छोरा विदेशमा छ, छोरीलाई यही राखेर पढाउने र बुढेसकालको सहारा बनाउने योजना हाम्रो थियो । अब यो कुरा हरायो ।” कालिका नगरपालिका–२ मा बन्दै गरेको नयाँ घरमा आएर स्नातक पढ्ने योजनामा रहेकी निखिता अस्ताएपछि त्यो घर खाली रहनेछ । बुबाआमाको काख रित्तियो, हातले काम गरेर खानुपर्ने मान्छे आज अपाङ्ग सरह हुनुप¥यो–आमाले गुनासो गर्नुभयो ।

भदौ २४ गतेको घटना सुनाउँदै आमा कल्पनाले भन्नुभयो, “बिहान ११ः०० बजे घरबाट निस्किएर आन्दोलन हेरेर फर्किएकी छोरी दिउँसो गुमाउनु प¥यो ।” आन्दोलनबाट फर्किएपछि निखिता घर नजिकै आएको आन्दोलनकारीको भीड हेर्न घरको छतमा जानुभएको थियो । गौशाला प्रहरी वृत्त नजिक रहेको उहाँ बसेको घरका धनीसहित धेरैजना छतबाट आन्दोलन हेरिरहेका थिए । आन्दोलनकारीले प्रहरी वृत्तमा आक्रमण र आगजनी गर्न थालेपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि गोली चलाउन थालेको कल्पनाले सुनाउनुभयो । त्यही क्रममा चलेको गोली लागेर निखिता र घरधनी कुमार उपाध्याय घाइते हुनुभएको थियो । भीडका कारण निकै कठिनाइका बाबजुद अस्पताल पु¥याउँदा निखिताको निधन भइसकेको थियो भने घरधनी उपाध्याय गम्भीर घाइते अवस्थामा हुनुहुन्थ्यो ।

निखितासँगै कक्षा ११ र १२ अध्ययन गर्नुभएकी कृश्चला घिमिरे आफू, निखिता र साइरा तामाङ एउटै बेञ्चमा बसेर पढ्ने गरेको बताउनुभयो । घटना सुन्नेबित्तिकै पत्यार नलागेर फोन गर्दा एक जना काकीले ‘निखितालाई गोली लागेर अस्पताल लगेको’ सुनाउनु भएको स्मरण गर्नुभयो । उहाँले थप्नुभयो, “हामी बूढानीलकण्ठमा बस्छौँ, बाहिर निस्कन सकेनौँ, अन्तिम संस्कारमा पनि जान पाइन ।” बेञ्चमा सँगै बस्ने भए पनि निखिताले भविष्यको योजनाका बारेमा केही नभनेको उहाँले बताउनुभयो । नतिजा आएपछि प्रमाणपत्रसमेत लिन नभ्याइएको भन्दै उहाँले मिल्ने साथी गुमाउनु पर्दा अत्यन्त पीडा भएको बताउनुभयो ।

चितवनमै रहनुभएका लिखिताका ठूलो बुबा खड्ग गौतमका अनुसार गौतम परिवार २०५४ सालमा काभ्रेबाट चितवन आएको हो । भाइ लोकनाथको २०५७ सालमा यहीँ विवाह गरेको भन्दै उहाँले भाइ लोकनाथ भने त्यस अघिदेखि नै काठमाडौँमा रहँदै आएको बताउनुभयो । २०६०÷६१ सालतिर भाइ–बुहारी दुवै काठमाडौँ गएको र छोरी काठमाडौँमै जन्मिएको उहाँले जानकारी दिनुभयो । आफ्ना पाँच दाजुभाइमध्ये दुई जना काभ्रेमा र तीन जना चितवनमा रहेकामा अहिले आफू मात्रै यहाँ भएको निखिताका ठूलो बुबा खड्ग बताउनुहुन्छ । भाइ लोकनाथले दसैँमा आउँदा अब चितवनमै आउने बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सबै मेसोमेलो मिलाउँदै थिए, छोरीलाई गुमाउनु प¥यो । यो घटनाले हाम्रो परिवारमा ठूलो बज्रपात नै भयो ।”

जेभियर इन्टरनेस्नल कलेज कालोपुलका प्राचार्य दीपेन दाहालको भनाइमा निखिता जेहेन्दार विद्यार्थी हुनुहुन्थ्यो । गौतमलाई सम्झँदै दाहाल भन्नुहुन्छ, “जेहेन्दार र असल विद्यार्थी आन्दोलनको दौरानमा गुमाउन पुग्यौँ ।” अनावश्यक साथीहरु नबनाउने, सीमित साथीमा रमाउन खोज्ने निखितालाई आन्दोलनमा सहभागी नभए पनि घरको छतमा बसेको समयमा गोली लाग्नु दुःखद भएको उहाँले सुनाउनुभयो । उहाँको निधनप्रति कलेज निकै मर्माहित बनेको भन्दै उहाँले युवा पुस्ताको चाहनाअनुसार राज्य सञ्चालन हुनुपर्ने बताउनुभयो । निखिता पढाइमा मध्यम भए पनि नियमित कलेज आउने र आफ्नो उद्देश्यमा सधैँ अडिग रहने विद्यार्थी भएको उहाँले जानकारी दिनुभयो । कक्षा १२ को नतिजा आइसकेको र अब स्नातक तह अध्ययनका लागि तयारी गरिरहेको समयमा भएको घटनाले उहाँप्रति दुःख व्यक्त गर्दै सहिदहरुको सपना साकार पार्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ । रासस

शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.