• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भारतमा क्षयरोगका बिरामी र मृत्युमा कमी आएको डब्ल्युएचओद्वारा जानकारी

  •  शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित

भारतको केन्द्रीय क्षयरोग विभागले हालै सार्वजनिक तथ्याङ्कले भारतमा क्षयरोगको सङ्क्रमण र मृत्यु दुवैमा उल्लेखनीय गिरावट आएको पुष्टि गरेको छ।

विगत एक दशकमा क्षयरोग (टिबी) का घटनाहरूमा वृद्धि भएको भन्ने केही रिपोर्टपछि सार्वजनिक सरकारी तथ्याङ्कमा क्षयरोगको सङ्क्रमण र मृत्यु दुवैमा उल्लेखनीय गिरावट आएको बताइएको हो । रोग नियन्त्रणका लागि सशक्त निगरानी, प्रारम्भिक पहिचान र विस्तारित उपचार सेवाको कारण क्षयरोगको प्रभाव कम भएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को ग्लोबल टिबी रिपोर्ट २०२५ का अनुसार, “भारतमा टिबीको सङ्क्रमणमा २१ प्रतिशतले कमी आएको छ ।सन् २०१५ मा क्षयरोग सङ्क्रमितको सङ्ख्या प्रति एक लाख २३७ रहेकोमा सन् २०२४ मा यो सङ्ख्या १८७ मा झरेको छ । सोही अवधिमा क्षयरोगको मृत्युदर २५ प्रतिशतले घटेको छ । सन् २०१५ मा हरेक एक लाख व्यक्तिमा २८ जनाको मृत्यु हुने गरेकोमा सन् २०२४ मा यो सङ्ख्या २१ मा झरेको छ ।

सन् २०१५ मा उपचारको पहुँच ५३ प्रतिशत रहेकोमा यो सङ्ख्या सन् २०२४ मा ९२ प्रतिशतसहित उल्लेखनीय सुधारतर्फ अघि बढेको देखिएको छ । माथिका सबै तथ्याङ्कले रोगको सङ्क्रमण दर र बिस्तारमा उल्लेखनीय रूपमा कमी आएको देखिन्छ । टिबी मुक्ति भारत अभियानमा अनुगमनको जिम्मेवारी पाएको केन्द्रीय क्षयरोग विभागले भनेको छ, “यस क्षेत्रमा क्षयरोग सङ्क्रमण दरमा आएको नियन्त्रण सरकारको ध्यान यस समस्यामा केन्द्रित गर्नुको कारण हो । पहिले सीमित निगरानी अभ्यासका कारण यो छुटेको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१५ मा भारतमा करिब १५ लाख क्षयरोगका बिरामीको सङ्ख्या सरकारी निकायको स्रचीमा ‘सम्पर्कभन्दा टाढा’ थिए । सन् २०२४ मा यो सख्या ९३ प्रतिशतले घटेर एक लाख भन्दा कम भएको थियो। यसले पनि समस्या पत्ता लगाउने र नियन्त्रण गर्ने ठूलो सफलतालाई प्रतिबिम्बित गर्दछ।

सन् २०२४ डिसेम्बर ७ मा सुरु गरिएको टिबी मुक्त भारत अभियानले सक्रिय र प्रविधि–सञ्चालित रोग निगरानीको दिशामा रणनीतिक परिवर्तनलाई सङ्केत गरेको छ। अभियानले एआईबाट चल्ने हाते एक्स–रे, डिजिटल स्क्रिनिङ उपकरणलगायतका प्रविधिको उच्च जोखिम क्षेत्रहरूमा प्रयोग गरेको थियो । यस पहल अन्तर्गत अहिलेसम्म २४ लाख ८९ हजार सङ्क्रमितहरू अधिसूचित गरिएको थियो, जसमध्ये आठ लाख ७० हजार सङ्क्रमित लक्षणविहीन थिए । त्यस्ता सङ्क्रमण सम्भवतः परम्परागत विधिहरू अन्तर्गत निदान हुन सक्दैनन्।

अधिकारीहरूले अगाडि भने, “सूचनाहरूमा भएको वृद्धिलाई प्रायः क्षयरोग सङ्क्रमणका घटनाहरुमा वृद्धिको रूपमा गलत व्याख्या गरिन्छ, जबकि यसले वास्तवमा सुधारिएको पहिचान र छिटो उपचार सुरुवातलाई प्रतिबिम्बित गर्दछ र सङ्क्रमणलाई थप फैलनबाट रोक्छ। लक्षणहरू बिग्रनु अघि नै सङ्क्रमितहरूको पहिचान गर्दा सङ्क्रमण कम हुनु र राम्रो उपचार परिणामहरू दुवैमा योगदान पुर्याएको र अन्ततः क्षयरोगसँग सम्बन्धित मृत्युहरू कम भएको छ ।” अभियानले पोषण सहयोग, मनोसामाजिक सहायता र एआई–आधारित खोजी प्रणालीहरू प्रयोग गरेर उपचारका कमजोरी रोक्ने उपायहरू अवलम्बन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले क्षयरोग विरुद्धको लडाइँमा भारत दृढतापूर्वक सही बाटोमा रहेको कुरा पुनः पुष्टि गरेको छ । क्षयरोग मुक्त भारत अभियानले घटनाहरू कम गर्न र मृत्यु दर रोक्नमा थप लाभ पुर्याउने अपेक्षा गरिएको छ। यस पहलले क्षयरोगको उन्मूलन गर्ने र आगामी वर्षहरूमा क्षयरोग–मुक्त भारतको लक्ष्यको नजिक पुग्ने सरकारको सङ्कल्पलाई जोड दिन्छ।रासस

शुक्रबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.