काठमाडौं । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले युरोप नेपाल हेल्थ अवार्ड २०२५आयोजना गर्ने भएको छ। अवार्डको पहिलो संस्करण नेपाल चिकित्सक संघलाई प्रदान गर्ने समेत घोषणा गरेको छ।
नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको हकअधिकार र पेशागत सुरक्षणका लागि पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको सस्थाका अध्यक्ष डा. बिनय कुमार श्रेष्ठले बताउनु भयो ।
सस्थाका वित्त तथा सञ्चालन निर्देशक डा.सागर धितालका अनुसार अवार्डमा ताम्रपत्र सहित नेपाली रकम एकलाख एक रुपैयाँ पुरस्कार राशीबाट चिकित्सक संघलाई सम्मान गरिनेछ। सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आहि रहेको छ।
