• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

विषादी परीक्षण केन्द्र सञ्चालन

  •  आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

पाटन (ललितपुर) । ललितपुर महानगरपालिका–३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुआत गरेको हो ।

परीक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासी रोगी हुँदा समस्या सृजना हुने भन्दै यसका लागि विषादी परीक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

“नगरवासी रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिक रोगी भए भने यो महानगर स्मार्ट सिटी हुन सक्दैन, महानगरवासी निरोगी हुँदामात्र समृद्ध र सुखी महानगर कायम रहन सक्छ”, उहाँले भन्नुभयो । उहाँले देशका छ हजार ७४३ वडामध्ये ललितपुर–३ ले उत्कृष्ट काम गरेको कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडामध्ये सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वडा पनि भएको बताउनुभयो ।

“म नगरप्रमुख भएको आठ वर्षभन्दा बढी भइसकेको छ, हामीले आठ वर्षभित्र सम्पदा र पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ, समयसापेक्ष आउने नयाँ परियोजनालाई पनि ध्यान दिएर सञ्चालन गर्नेछौँ, महानगरलाई स्मार्ट सिटी बनाउन धेरै काम गरिरहेका छौँ, महानगरले उत्कृष्ट काम गरेको छ”, महानगरप्रमुख महर्जनले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले हरियाली कायम गर्ने काममा महानगरको सडकका दायाँबायाँ रुख रोपेर हरियाली कायम गरेर यहाँको वातावरणलाई सफा र स्वच्छ बनाउने प्रयत्न गरेको बताउनुभयो । जाडोयाममा प्रविधिको प्रयोग गरेर सडक वरपरका सडकलाई पानी दिने र पखाल्ने काम गरेका छौँ भने भूकम्पले क्षति पुर्याएका सबै मठमन्दिर, देवालय, शिवालयको मर्मतसम्भार गरेका छौँ भन्नुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको धारणा राख्नुभयो । अध्यक्ष शर्माले बालबालिकालाई नैतिक शिक्षाको ज्ञान दिलाउँदै उनीहरूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्न सिकाउँदै संस्कृति र सम्पदालाई जगेर्ना गर्न सिकाउनुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो ।

ललितपुर–३ का अध्यक्ष गोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा विषादी भए÷नभएको परीक्षण गरेरमात्र उपयोग गर्न विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले वडाभित्र व्यापार गर्ने तरकारीमा विषादीको परीक्षण गरेर अत्यधिक विषादी भएको पाइएमा कानुनअनुसार कारबाही गर्ने बताउनुभयो । कार्यक्रममा गत वर्ष एसइई उत्तीर्ण गर्ने १७ तथा कक्षा १२ उत्तीर्ण गर्ने आठ जनालाई सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो । रासस

आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.