• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

जिल्लामै स्वास्थ्य सेवा उपलब्ध भएपछि रसुवावासी दङ्ग

  •  सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

रसुवा । विकट पहाडी जिल्ला रसुवामा विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण र औषधिको व्यवस्था भएसँगै जिल्लावासी खुसी छन् । अशिक्षा र अन्धविश्वासका कारण धामी–झाँक्री प्रथालाई विश्वास गरी स्वास्थ्य उपचारका अभावमा परिवारका सदस्य गुमाइरहेका रसुवावासी अहिले अस्पतालमा लामबद्ध देखिन्छन् ।

जिल्लास्थित स्वास्थ्यकर्मीका अनुसार विभिन्न अस्पताल, स्थानीय सरकार, विद्यालय, राजनीतिक पार्टी, नागरिक समाज र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको पहलमा अस्पताल जाने क्रम वृद्धि भएको हो ।

यसै सन्दर्भमा जिल्ला अस्पताल रसुवाले गत साउनदेखि कात्तिक महिनासम्म दुई हजार ९३५ जनाको स्वास्थ्य उपचार गरेको छ । सोही अवधिमा ५७ जना ज्येष्ठ नागरिकलाई सेवा दिएको सो अस्पतालले ३७६ जनाको दन्तजन्य रोगको उपचार गरेको र जटिल प्रकृतिका ८० जना बिरामीलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ ‘रेफर’ गरेको जनाएको छ ।

सामान्यदेखि निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको सो अस्पतालले ४५९ जनाको एक्स–रे, २८१ को अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) र २०० जनाको इसिजी सेवा प्रदान गरेको सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सो अस्पतालले ११ हजार ७१६ जनालाई उपचार सेवा प्रदान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट टङ्ककुमारी भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाको सहयोगमा रसुवामै सञ्चालित अस्पतालले शल्यक्रियासहित जटिल प्रकृतिका रोगको उपचार गर्न थालेपछि जिल्लावासी खुसी भएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ । अध्यक्ष तामाङका अनुसार विशेषज्ञ चिकित्सको अभावमा काठमाडौँ जान बाध्य रसुवावासीलाई पछिल्ला दिनमा जिल्लामै विभिन्न अस्पतालसहित चिकित्सक, औषधि र स्वास्थ्य उपकरणको व्यवस्था भएपछि राहत मिलेको छ ।

विदेशीको सहयोगमा सञ्चालित सो अस्पतालले गत वर्ष ३९ महिलाको सफल शल्यक्रिया गरी सुत्केरी स्याहार संरक्षणमा सहयोग पु¥याएको, आठ जनाको हर्निया र १८ जनाको एपेन्डिससँग सम्बन्धित उपचार गरेको तथा उल्लेख्य सङ्ख्याका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेको जनाएको छ ।

उच्च हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन अस्पताल एवम् नागरिक समाजका तर्फबाट अनुरोध गरिएको छ । रासस

सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.