• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रोटरीको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा

  •  आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित

चितवन । रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ। सहज,पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी सङ्घ नेपालद्वारा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो।

विगत २४ वर्षदेखि सञ्चालनमा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरले जस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरीसम्बन्धी हेरचाह, पुनःस्थापना तथा सामुदायिक पुनः एकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ। स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर चितवन शाखाका अध्यक्ष रामचन्द्र अधिकारीले केन्द्र स्थापनापछि यहाँका बिरामीले दीर्घकालीन उपचारका लागि लामो र कठिन यात्रा गर्नुुपर्ने अवस्था न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार यो केन्द्र स्वर्गीय उदयकुमार पिया र श्रीमती चमेलीदेवी पियाको स्मृतिमा उहाँहरूका छोरा मदन पियाको आर्थिक तथा भौतिक सहयोग, चितवन रोटरी क्लबको व्यवस्थापन तथा स्पाइनल इन्जुरी सङ्घ नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा आएको हो। सामुदायिक पहलमा बनेको यो केन्द्र प्राविधिक ज्ञान,प्रशिक्षण तथा मानव संशाधनका आधारमा सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो।

शाखाका अध्यक्ष रवीन्द्र पियाले चितवनमा केन्द्र स्थापना हुनु नेपालमा विशेष पुनःस्थापना सेवा एक कदम अगाडि बढेको सङ्केत गर्ने बताउनुभयो। साँगाको विशेषज्ञता,पिया परिवार र चितवन रोटरी क्लबको सहयोगका कारण यहाँको सेवा विश्वस्तरीय,किफायती र रूपान्तरणमुखी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“हाम्रो लक्ष्य केवल उपचार होइन, प्रत्येक व्यक्तिलाई उद्देश्यपूर्ण र स्वतन्त्र जीवन बिताउन सक्षम बनाउनु हो।”

स्पाइनल कर्ड इन्जुरी (मेरुदण्डको हड्डीमा हुने क्षति) भोगेका सेवाग्राही समिरकुमार ठकुरीले स्थानीयस्तरमा सेवा सुरु भएकामा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,“देशको मध्यभागमा अवस्थित चितवन विभिन्न प्रकारका दुर्घटना हुने क्षेत्र हो। यहाँ कुनै दुर्घटना भइहाले घटनास्थलमा यथाशीघ्र पुग्न सकिने स्थान हो। यहाँबाट सेवा पाउँदा म जस्ता सेवाग्राहीलाई पुनःस्थापनामा सहज हुनुका साथै खर्च र समयको बचत भएको छ।”

हाल १५ शय्या क्षमता रहेको यस केन्द्रबाट शुक्रबारदेखि विशेष दक्षतासहितका सेवा प्रदान सुरु भएका छन्। सुरुमा तीन जनाले आवासीय सुविधा लिएर उपचार थालेका हुन्। दैनिक बहिरङ्ग (ओपिडी) सेवामार्फत २५ जनासम्मलाई सेवा दिन सकिने केन्द्रले जनाएको छ। केन्द्रमा एक विशेषज्ञ चिकित्सकसहित प्राविधिकहरू छन्। पिया परिवारले नारायणगढको न्यूरोडमा संरचना निर्माण गरी केन्द्र स्थापनाका लागि निःशुल्क ठाउँ उपलब्ध गराएको हो। यो स्थान १२ वर्षसम्म निःशुल्क रूपमा प्रयोग गर्न सकिने जनाउँदै स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर चितवन शाखाका अध्यक्ष अधिकारीले १२ वर्ष पछि जिल्लाको माडीमा आवश्यक जग्गा पिया परिवारले उपलब्ध गराउने सहमति भएको बताउनुभयो। रोटरी फाउण्डेसनको सहयोगमा रोटरी क्लब अफ चितवनले आवश्यक उपकरण जुटाएको हो।रासस

आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.